Banner News गृहपृष्ठ प्रमुख समाचार समाचार

दुबईमा सेक्युरिटी गार्डमा कार्यरत दुई नेपाली युवाको नाम गिनिज बुकमा

दुबई, मंसिर ४ ।

नेपालका दुईजना युवाहरुले संसार भरिमा एउटै मात्र रेकर्ड रहने (Guinness Book of world )मा आफ्नो नाम दर्ता गरि संसारभर नेपालीको शीर उच्च पार्न सफल भएका छ्न ।

वैदेशिक रोजगारीको क्रममा हाल युएईको (दुबई) मा सेक्युरिटी गार्डमा कार्यरत नेपालका दिनेश खत्री र गोविन्द नेपालीले यूएईको (flag day )को अबसरमा अल खबानीज (कुरान पार्क) मा Guinness Book Of World Record को Event का लागि आयोजित युनियन बाइक साइक्लिङ्मा लगातार ७ दिनसम्म युनियन बाइक चलायर आफ्नो नाम दर्ता गराउन सफल भएका हुन ।

दुबई सरकारबाट मान्यता प्राप्त सेक्युरिटी इन्ड्रस्ट्री Dubai SIRA (security industry regulatory agency) ले “Emirates the capital of security and prosperity” भन्ने नाराका साथ नोभेम्बर १ देखि ७ सम्म उक्त कार्यक्रमको आयोजना गरेको थियो ।

जसमा दुबई पुलिस, दुबईमा रहेका सेक्युरिटी कम्पनी लगाएत अन्य private तथा public टीमहरूको सहभागिता रहेको थियो ।जसमा सात जना सँगै बसेर चलाउन मिल्ने union bike को प्रयोग गरिएको थियो । जहाँ युएई (दुबई ) लगाएत विभिन्न देशका ब्यक्ति आ-ऑफ्नो कम्पनीको टीममार्फत साइकल चलाएका थिए ।

सात दिनसम्न लगातार १९ सय ७१ किलोमीटरको दुरी १ सय ५३ घन्टा २३ मिनेट ६ सेकेन्ड लगातार युनियन बाइक चलायर SIRA Dubai ले वोर्ल्ड रेकर्ड बनाइएको छ।

जसमा नेपालका खत्री र नेपालीको टीम सहभागी थियो । उनको टीममा युगाण्डा, क्यामरुन, र भारतका गरि सबै ७ जना थिए । उनीहरू सवैलाइ प्रमाणपत्र प्रदान गरिएको छ । नेपालको दोलखा घर भएका खत्री हाल दुबईमा रहेको इतिसलात सेक्युरिटी गार्डमा काम गर्दै आएका छ्न ।

भिडियो हेर्नुहोस ।