प्रमुख समाचार राजनीति समाचार

नाममात्रको कम्युनिष्ट सरकार पूर्ण रुपले असफल भयो : नेता पुन

नेपाल कम्युनिस्ट पार्टी बझाङकाे अायाेजनामा पुस ५ गते बुङलकाे बिचगडामा बिशाल जनसभा सम्पन्न भएको छ । पार्टीको संगठन सुदृढीकरण तथा बिस्तार अभियान अन्तरगत सम्पन्न भएको जनसभालाई पार्टिका पाेलिट ब्युरो सदस्य अाेम प्रकाश पुनले संबाेधन गरेका थिए । देश अहिले इतिहासमै राष्ट्रियता , जनतन्त्र र जनजिबिकाकाे क्षेत्रमा निकै संकटमा परेकाे कुरामा जाेड दिदै नेता पुनले अहिलेकाे केपी अाेलिकाे कथित कम्युनिस्ट नाममात्रको सरकार सर्वथा असफल भएकोले अब नेपालमा बैज्ञानिक समाजवाद अपरिहार्य भएको दाबी गरे । श्रमजीवी र बुद्धिजीवी पलायन हुने देशले कहिले पनि उन्नति गर्न नसक्ने र देशमा अहिले काेहि पैशा कहाँ पाउ र काेहि पैसा कहाँ लुकाउ भन्ने दरिद्रताकाे दलाल लाेकतन्त्र अाएकाेले यसको बिरुद्धमा अाम साेसित पिडित जनता उठ्नु पर्ने कुरामा जाेड दिदै याे क्षेत्र जनयुद्धको अाधार क्षेत्र भएको तर अहिलेका दलाल सामाजिक पुजीवादी प्रचण्ड मण्डलिले एमाले जस्तो दलाल संसदवादी दक्षिणपन्थी शक्ति संग पार्टी बिलय गराएर याे क्षेत्रलाई उपेक्षा गरेकाे पनि नेता पुनको दाबी थियाे । सभालाई अर्का बक्ता पार्टीका केन्द्रीय सदस्य तथा सेती ब्युरो इन्चार्ज शंकर खड्काले अाफुले जनयुद्ध देखि पछि सभासद हुदा समेत अाफुले अाधार क्षेत्रलाई नभुलेकाे र अहिले पनि पार्टी र अाफु एकीकृत जनक्रान्तिकाे नयाँ अभियानमा लागेकाले जनताले साथ दिनु पर्ने बताएका थिए । जनयुद्धमा बुङलिजनताकाे अपार सहयोग रहेको कुरा भाबुकतापुर्वक संस्मरण गर्दै अबको क्रान्तिमा पनि जनताको सहयोग रहने अाशा ब्यक्त गर्दै नेता खड्काले क्रान्तिमा सामेल हुन जनतालाई अाहुवान गरे । कार्यक्रममा ब्युरो सदस्य लक्ष्मण खड्का , सामना परिवारका केन्द्रीय संयाेजक सरल माझी , दलित मुक्तिमोर्चाका केन्द्रीय सदस्य बिरु तिरुवा, अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्रीय सदस्यद्वाेय पार्वती सिह र सर्मिला थापा, अखिल क्रान्तिकारीका नेता तिलकबहादुर कुवर लगाएतले पनि संबाेधन गरेका थिए । कार्यक्रममा बुद्धिजीवी , शिक्षक प्रााध्यापक, पत्रकार , युवा बिद्यार्थी,सुरक्षाकर्मी लगाएत हजारौं जनताको सहभागिता रहेको थियोे ।

कार्यक्रममा स्थानीय बाजा र नाच सहित सामना कलाकारले बेजोड प्रस्तुति प्रस्तुत गरेको थियोे । कार्यक्रम अाराेह नेपालीको सञ्चालन , लक्ष्मण बुढाकाे अध्यक्षता र भरत मल्लकाे स्वागत भाषणमा सम्पन्न भएको थियोे ।

कार्यक्रममा पुर्व माअाेवादी केन्द्रका जिल्ला नेताहरू राजु अाेखेडा, पुरन जप्रेल,सन्तोष देउल्याल,मनाेज पुजारा,गणेश बहादुर जप्रेल लगाएत, खप्तड छान्नाबाट धनबहादुर धामी , सर्मिला थापा,संगिता थापा,सिमा थापा,जयन्ती थापा,मनिसा थापा,बसन्ति थापा,सन्जु थापा लगाएतका युवाहरु, बुङलबाट दिपेन्द्र धामी ,प्रिया कुवर , अमर बाेहरा लगाएत, सरकारी नेकपा का अनेरास्ववियु का जिल्ला सहसचिव डिके बाेहरा , क्याम्पस इकाई अध्यक्ष महेन्द्र बाेहरा, शंकर पातली लगाएतले पार्टी प्रबेश गरेका छन् । यसरी पार्टी प्रबेश गर्ने दर्जनाै अागन्तुकलाई प्रमुख अतिथि अाेम प्रकाश पुनले टीका र मालालगाई स्वागत गरेका थिए ।