गृहपृष्ठ राजनीति समाचार

विप्लवनिकट कर्मचारी महासंघमा बानियाँ

अनखबर संवाददाता
पौष ८, काठमाडौं
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट राष्ट्रिय कर्मचारी महासंघ नेपालको चौथो राष्ट्रिय सम्मेलन हिजो काठमाडौं सम्पन्न भएको छ । सम्मेलनमा सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले कर्मचारीहरुले जनताको कामलाई प्रमुखतामा राखेर ईमानदारीताका साथ काम गर्न अनुरोध गरे । उनले दलाल पुजिँवादमा कर्मचारीहरुलाई उचित सम्मान र व्यवस्थापन नहुँदा यसको विकल्पमा जनताको बैज्ञानिक समाजवाद स्थापना गर्नु अपरिहार्य रहेको र यसमा कर्मचारीहरुको खास भूमिका हुने बताए । सम्मेलनमा विशेष अथिती जनबर्गिय संगठनका व्यूरो ईन्चार्ज मोहन कार्कीले कर्मचारीहरुले व्यवस्था परिवर्तनमा खास भूमिका खेल्नुपर्नेमा जोड दिए । त्यसैगरी सम्मेलनमा पार्टीका केन्द्रिय सदस्य आजाद केसी लगायतको उपस्थिती रहेको थियो ।

सम्मेलनले टोपबहादुर बानियाँको अध्यक्षतामा ४५ सदस्यीय केन्द्रिय समिति चयन गरेको छ जसको उपाध्यक्षमा रामबहादुर रावल, उपाध्यक्ष सरस्वती जोशी, महासचिवमा अमरसिहं ओली, सचिवमा प्रकाशबहादुर रावल, कोषाध्यक्षमा हरिहर बस्नेत, सहकोषाध्यक्षमा रविन्द्र देउला लगायत रहेका छन्् त्यसैगरी सल्लाहकार समितिमा संयोजक गोपालसिंह धामी, दानबहादुर केसी र शिवहरी पोख्रेल सदस्यमा रहेका छन्् । महासंघले आफ््नो संघर्षका कामहरु समेत घोषणा गरेको निर्वाचित अध्यक्षले जानकारी दिनुभयो ।