Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति शिक्षा समाचार

अखिल (क्रान्तिकारी) लुम्बिनीले पौष ११ गते हजारौं विद्यार्थी बुटवलमा उतार्दै, तयारी अन्तिम चरणमा

अनखबर संवाददाता
पौष ८, बुटवल ।
काठमाडौं स् चिनियाँ क्रान्तिका नायक माओ त्से तुङको १२६ औं दिवस विश्वभरि विभिन्न कार्यक्रम गरी मनाइदैछ । डिसेम्वर २६ अर्थात् पुस ११ गते विश्वभरिका कम्युनिस्टहरुले माओलाई आदर्श व्यक्तिमान्दै सम्झने गर्दछन् । यता नेपालमा पनि विभिन्न कार्यक्रम गरि यो दिवस मनाईैछ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागेको सो पार्टीले जनाएको छ । सो पार्टी निकट जनवर्गिय संगठन र मोर्चाहरुले पनि पुस ११ गते ९२६ डिसेम्बर० मा विभिन्न खालका कार्यक्रमहरु आयोजना गरिएको जनाएका छन् ।


विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले देशैभर विद्यार्थीको बृहत जनप्रदर्शन गर्दैछ । यता अखिल (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितिले पनि आफ्नो संगठनले पौष ११ गते बुटवलमा हजारौं विद्यार्थी सहित वृहत प्रदर्शन गर्ने बताएको छ । अखिल (क्रान्तिकारी) लुम्बिनी व्यूरो संयोजक विरेन्द्र वि.क.ले लुम्बिनीका ६ वटै जिल्लाबाट विद्यार्थीहरु ल्याईने कार्यक्रम छ, कार्यक्रम व्यवस्थापनको लािग सबै जिल्लाका जिल्ला कमिटिहरुलाई निर्देशन दिईसकिईएको बताए । यस्तै संगठनका केन्द्रिय सदस्य तथा रुपन्देहीका अध्यक्ष रमेश गैरेले जिल्लाका सबै क्याम्पस तथा मावि तहका विद्यालयहरुमा संगठन विस्तार तथा कम्युनिष्ट विद्यार्थी अभियान चलाईएको र सो अभियान कार्यक्रमको लागि पूर्वतयारीमा संगठन रहेको बताए । लुम्बिनी व्यूरोअन्तर्गत रुपन्देही, कपिलवस्तु, नवलपरासी, नवलपुर, गुल्मी, अर्घाखाँची, पाल्पा गरी ७ वटा जिल्ला पर्दछन् भने सबै जिल्लाले आफ्नो क्षेत्रबाट विद्यार्थीहरु बुटवलमा उतार्दैछन् ।


लामो समयदेखी विद्यार्थीले कम्युनिष्ट विद्यार्थी अभियान चलाईरहेको छ भने, पार्टी पुनर्गठन पछिकै ठूलो विद्यार्थी प्रदर्शनको रुपमा रहने आयोजकले बताएका छन् । बुटवलमा हुने कार्यक्रममा पार्टीका केन्द्रिय नेता तथा विद्यार्थीका केन्द्रिय पदाधिकारी तहका नेताहरुले सम्बोधन गर्ने बताईएको छ ।
विश्व कम्युनिस्ट आन्दोलनमा अध्यक्ष माओका योगदानहरूलाई ‘माओवाद’ कारूपमा संश्लेषण गरिएको छ । औद्योगिक र पुँजीवादी देशमा समाजवादी क्रान्तिको कार्यदिशा प्रतिपादन गर्न र सफल कार्यान्वयन गर्न, साम्राज्यवादको व्याख्या रुसी कम्युनिस्ट नेता महान् लेनिनले गरे । अर्धसामन्ती र अर्धऔपनिवेशिक देशमा ‘किसानमा भर परेर क्रान्ति गर्नुपर्ने र त्यसको स्वरूप तिनै देशका क्रान्तिकारीले ठोस गर्नुपर्ने’ लेनिनको धारणा थियो । लेनिनको त्यो अभिभारालाई चिनमा चिनिया कम्युनिस्ट पार्टीका अध्यक्ष माओले पूरा गरे । लेनिनले एउटा मात्रै देशमा पनि समाजवादी क्रान्ति सम्भव हुने तर क्रान्ति निरन्तर जारी राख्नुपर्ने विचार अघि सारेका थिए ।
माओकै समयमा सोभियत सङ्घमा प्रतिक्रान्ति भयो भने चीनमा तेङमण्डली प्रतिक्रान्तिको झन्डा उठाउन थाल्यो । रुस र आफ्नै पार्टीको दक्षिणपन्थी हावाका विरुद्ध माओले सन् १९६६ मा महान् सर्वहारा सांस्कृतिक क्रान्ति सुरु गरेका थिए । त्यसले चीनलाई एउटा शक्तिशाली देश बनाउनुका साथै सर्वहारा वर्गलाई बलियो हतियार दियो । उनै महान ब्यक्ति माओलाई विश्वभरीनै कम्युनिस्ट विचारक र आस्थाकोरुपमा मनाउने गरिन्छ । माओ जन्म सन् १८९३ डिसेम्वर २६ का दिन चिनके साओसानमा भएको थियो भने मृत्यु सन १९७६ सेप्टेम्बर ९ मा चिनकै बेइजिङमा भएको थियो ।