Banner News गृहपृष्ठ प्रमुख समाचार यौन/स्वास्थ्य समाचार

११ बर्षिया बालिकाको बलात्कार पछि विभत्स हत्या ! किन बढ्दैछ बलात्कार ?

अनखबर
माघ १३,
विराटनगर – विराटनगर महानगरपालिका–८ बलुवाईकी ११ वर्षीया बालिका गुडिया भनिने रुपमति दासको बलात्कारपछि हत्या भएको छ । पानीमा डुबाएर हत्या गरिएको अवस्थामा शव विराटनगर महानगरपालिका–८ र कटहरी गाउँपालिकाको सीमास्थित सिंघिया खोलामा फेला परेको हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
शव भेटिएको स्थाववरिपरिको बस्ती पातलो छ । खोलामा माछा मार्दै गएकाहरुले बगिरहेको पानीमा निर्वस्त्र अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । हत्या गरी फालेको अवस्थामा बालिकाको निर्वस्त्र शव भेटिएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए ।
बालिकाको अनुहार र कानबाट रगत बगिरहेको थियो । शरीरका अन्य अंगमा पनि नीलडाम छन् । निर्मला पन्तको बलात्कार भएको ७ महिना वितिसक्दा समेत अपराधी पत्ता लाग्न नसकिरहेको अवस्थामा विराटनगरमा घटेको यो घटना सामान्य मान्न सकिन्छ । के कारणले यस्ता बलात्कारका घटनाहरु घटिरहेका छन् भन्ने कुरामा समेत सरकारको ध्यान जान जरुरी देखिन्छ ।