Banner News खेलकुद गृहपृष्ठ प्रमुख समाचार मनोरन्जन समाचार

धुर्मुस सुन्तलीले ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने, भोलि घोषणा हुँदै ! सम्मान स्वरुप सेयर गर्नुस

अनखबर माघ १५, काठमान्डौ ।
धुर्मुस सुन्तली फाउण्डेशन मार्फत भरतपुर चितवनमा निर्माण हुने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला भोलि ९बुधबार० घोषणा हुने भएको छ । राष्ट्रिय सभागृह, भृकुटीमण्डपमा १स्३० बजे घोषणा हुने सिताराम कटेलले बताएका छन् ।
क्रिकेट रंगशाला निर्माणको ऐतिहासीक घोषणा समारोहमा उपस्थित भईदिन सम्पुर्ण शुभचिन्तक, सहयोगी मन, सञ्चारकर्मी महानुभावहरुलाई कटेलले निमन्त्रणा समेत गरेका छन।
‘सम्बृद्धि सम्भव छ हाम्रै पाला, बनाऔं मिलि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ ‘राष्ट्र निर्माण, तपाई हाम्रो अभियान’ भन्ने मूल नारा लिएर धुर्मुस सुन्तली फाउण्डेशन मार्फत भरतपुर चितवनमा देशकै पहिलो अन्तर्राष्ट्रिय मापदण्डको बहुउद्देश्यीय, मौलिक, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण हुनेछ ।

धुर्मुस सुन्तली फाउण्डेशनले नेपालका बिभिन्न ठाउमा एकीकृत बस्ति निर्माण गरिसकेको छ भने क्रिकेट रंगशाला निर्माण गर्ने अठोट पनि लिएको छ ।
धुर्मुशले यस्तो भने फेसबुकमा
कृपया सक्दो सेयर गरिदिनुहोला ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला घोषणा

धुर्मुस सुन्तली फाउण्डेशन मार्फत भरतपुर चितवनमा देशकै पहिलो अन्तर्राष्ट्रिय मापदण्डको बहुउद्देश्यीय, मौलिक, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने अठोट लिएका छौं । सो को भोली ठिक १स्३० बजे राष्ट्रिय सभागृह, भृकुटीमण्डप बाट घोषणा गर्दैछौं । सम्पुर्ण शुभचिन्तक, सहयोगी मन, सञ्चारकर्मी महानुभावहरुलाई उक्त ऐतिहासीक समारोहमा उपस्थितीको लागि सादर निमन्त्रणा गर्दछौं ।

‘सम्बृद्धि सम्भव छ हाम्रै पाला, बनाऔं मिलि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’
‘राष्ट्र निर्माण, तपाई हाम्रो अभियान’
धुर्मुस सुन्तली फाउण्डेशन

भरतपुरमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला

भरतपुर महानगरपालिकाले धुर्मुस सुन्तली फाउण्डेशनसँग सहकार्य गरेर अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्ने भएको हो । महानगरका प्रमुख रेनु दाहालले कृषि तथा वनविज्ञान विश्वविद्यालय परिसरमा रहेको जग्गामा रंगशाला निर्माणका लागि गृहकार्य थालेकी छन ।

विश्वविद्यालयलाई भरतपुर– १८ स्थित सार्वजनिक जग्गा सट्टाभर्ना गरेर रामपुरमा विश्वविद्यालयसँग क्रिकेट रंगशालाका लागि आवश्यक पर्ने जग्गा लिन लागिएको छ ।

प्रमुख दाहालले फाउण्डेशनका तर्फबाट छिटोजग्गाको टुंगो लगाउन ताकेता भइरहेको जानकारी दिँदै रामपुरको जग्गा नापजाँच गर्ने काम भएको बताइन् । दाहालले भनिन्, “फाउण्डेशनले छिटो ठाउँ दिनुप¥यो भनेर ताकेता गरिरहेको छ । कार्यविधि बनाएर काम अगाडि बढाइएको छ ।” उनका अनुसार फाउण्डेशनलाई विदेशी दाताले पनि लगानी गर्न इच्छा व्यक्त गर्दै छिटो काम गर्न ताकेता गरिरहेका छन् ।

कति लाग्छ खर्च ?

झण्डै तीन अर्बको लगानीमा अन्तर्राष्ट्रियस्तरको रंगशाला बन्ने छ । जसका लागि २५० मिटर चौडाइ र ५५० मिटर लम्बाइ भएको एउटै जग्गा आवश्यक पर्छ । महानगरका अन्य क्षेत्रमा रहेको सार्वजनिक जग्गा आवश्यक लम्बाइ चौडाइ मिल्ने गरी नभएपछि विश्वविद्यालयको जग्गामा रंगशाला निर्माण गर्न लागिएको हो ।

त्रिविले विश्वविद्यालयको परिसरमा रहेको जग्गामध्ये ४० बिघामा इञ्जिनीयरिङ कलेज सञ्चालन गर्दैछ । सँगै रहेको जग्गामा रंगशाला निर्माण प्रक्रिया अगाडि बढाइएको छ । विश्वविद्यालयका उपकुलपति प्रा डा ईश्वरीप्रसाद ढकालले महानगरले सट्टा जग्गा दिने गरी रंगशालाको प्रस्ताव गरेको बताए ।

महानगरले जग्गा दिने ठाउँमा भैंँसी प्रजनन केन्द्र स्थापना गर्ने तयारी विश्वविद्यालयले गरेको छ । ढकालले चितवनमा रंगशाला निर्माण गर्दा यहाँको विकासमा ठूलो टेवा पुग्ने बताए ।