अर्थ गृहपृष्ठ प्रमुख समाचार समाचार

तिलोत्तमामा चोरीको घटना बढ्यो, नयाँमिलमा पैसासहित ३ तोला सुन र आईफोन चोरी !

विलास खनाल
बुटवल माघ २१

रुपन्देहीको तिलोत्तमा नगपालिका वडा नम्बर ५ रुद्रपथ निवासी सुवास खरेल को घरमा चोरी भएको छ ।
तिलोत्तमा नगरपालिका नयामिल नजिकै रहेको घरमा कोही नभएको मौका छोपी घरको मूल ढोकामा लगाएको ताल्चा फोरेर चोरी भएको हो ।
चोरले घरको मुल ढोका कोठाको ढोका समेत फोरेरको तथा कोठामा रहेका दराज र बक्स प्लङक फोरेर करिव ३ तोला सुन १ थान आइफोन र अन्दाजि ५र७ हजार चोरि भयको सुवास खरेल बताए । घर धनि आफ्न्त को मा गयको कारण करिव १० दिन बन्द थियो सोहि समय घरमा कोही नभएको अवस्थामा चोरी भएको प्रहरीले अनुमान गरेको छ । चोरि भयको सुचना को खबरपाउन साथ बुटवल इप्रका र मङ्गलापुर बाट प्रहरि आयको थियो । चोरि भयको घरमा पुरानो कम्मल भेटियको हुदा चोर हरु कम्मल ओडेरै आयको र भाग्दा छोडेको अनुमान लगायको छ । चोरीको प्रकृतिलाई मध्ये नजर गरेर अनुसन्धान गरिने रुपन्देही जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक ह्दय थापाले बताए । उनले यथासम्भव चाडै चोर पत्तालगाउने प्रतिबद्धता समेत जनाए । केहिदिन अगाडी सोहि क्षेत्र मा पत्रकार यमलाल भुसालको घर समेत चोरि भयको थियो ।