Banner News अर्थ गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

सातौं वालिङ महोत्सवमा चरम विवाद, कार्यसमितिकै पदाधिकारी बिच बोलचाल बन्द !


अनखबर संवाददाता
माघ,२२ वालिङ्

स्याङ्जाको वालिङमा जारी सातौं वालिङ महोत्सव चरम बिबादमा तानिएको छ । वालिङ उधोग वाणिज्य संघ र नगरपालिकाले सयुक्त रुपमा महोत्सव आयोजना गरेको भनेर प्रचार गरेपनि एमाले निकट व्यवसायीहरुले महोत्सवलाई एकलौटी गर्दै लगेपछि काङ्ग्रेस चिढिएको हो । महोत्सवको उदघाटनका लागि प्रधानमन्त्री केपी वलि र रक्षा मन्त्री इश्वर पोख्रेल लाई ल्याउने मुख्य योजनामा एमाले थियो तर प्रधानमन्त्री र मन्त्री पोख्रेलले आउनल नभ्याउने बताए पछि तेस्रो प्राथमिकतामा प्रचण्डलाई उदघाटनमा लगिएको स्रोतले बतायो । साथै महोत्सव उदघाटनमा वालिङ नगरपालिका लाई पुरै वाईपास गरिएको भन्दै अधिंकास काङ्ग्रेस निकट व्यवसायीहरु रुष्ट हुदै आएका थिए । महोत्सव उदघाटन क्रममा आयोजकले केही जिम्मेवार व्यक्तिलाई राजनीतिक पुर्वाग्रह सांधेर वाईपास गर्यो यसले महोत्सव सफल नहुने संकेत देखिन्छ उधोग बाणिज्य संघका पुर्व एक पदाधिकारीले भने । स्थानीय कृषि उधमलाई विशेष महत्त्व दिने भनिएपनि महोत्सवमा अधिकासं भारतीय उत्पादन लाई जोड दिएको छ । बाल उधान तर्फ केही आर्थिक चलखेल भएको समेत उनले बताए । महोत्सवमा टिकट दिने बिषयमा समेत पदाधिकारीमा विवाद छ कसैलाई पहुँचका आधारमा टिकट दिएको छ भने कसैलाई महोत्सव भुमिका खेल्नेलाई समेत वास्ता नगरिएको उनले बताए । महोत्सव प्रचारप्रसार र व्यवस्थापनमा समेत आर्थिक चलखेलको गन्ध आयो मैले पटकपटक अध्यक्ष शोभाकान्त जिलाई भने तर उहाँले कुनै चासो दिनुभएको छैन एक पुर्व पदाधिकारीले भने । महोत्सव तयारी देखि विभिन्न पटक काठमाडौ(पोखराका छलफलमा आर्थिक संकलन बारे कुरा राख्दा समेत उहाँले कुनै प्रतिक्रिया दिनुभएको थिएन ।

यता महोत्सवको बिशिस्ट अतिथि काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा लाई भनिएको थियोे तर प्रचण्ड पछिको दोस्रो बरियतामा मन्त्री पद्मा अर्याललाई बोलाएको भन्दै काङ्ग्रेस असन्तुष्ट हुदै आएको समेत देखिन्छ । स्थानीय कृषि र उधमलाई प्राथमिकता दिने भनिएपनि वाणिज्य संघ कमाउने धन्दामा लाग्यो यो महोत्सव नभएर पुराना सर(सामान बेच्ने हाट बजार बन्यो । महोत्सवमा ठुलो आर्थिक चलखेल समेत भएको दाबी उनको थियोे ।


स्थानीय निकायले बजेट दिन अस्विकार ः
वालिङमा जारी तेस्रो वालिङ महोत्सवमा उधोग वाणिज्य संघले जिल्लाका सबै स्थानीय निकायंलाई आर्थिक सहयोग भन्दै महोत्सवको प्रपोजल पठाएको थियोे तर महोत्सवको उदघाटन सत्रमा जिल्लाका स्थानीय निकायलाई संघले पुरै वाईपास गरेको भन्दै चापाकोट नगरपालिका,गल्याङ नगरपालिका लगाएत कतिपय स्थानीय निकायले सहयोग नगर्ने बताएका छन । साथै वालिङ नगरपालिकालाई समेत महोत्सवको आयोजक भन्दै प्रचारप्रसार गर्नु स्थानीय निकायं स्वायत्तता बिरोधि कदम भएको भन्दै नगरपालिकाका कतिपय कर्मचारीले असहमति समेत राखेका छन ।
महोत्सव सञ्चालनमा खास भूमिकामा हुनुपर्ने स्थानीय तह हो वालिङ्ग नगरपालिका । तर नगरपालिका प्रमुख दिलिप खाणँ भने उद्घाटन सत्रमा देखिएनन्, उद्घाटन सत्रमा विशेष भूमिकासहितको मतव्य आउँला भनेका जनताहरुलाई जब उनलाई महोत्सव हातामा देखेनन त्यसपछि बल्ल उनले बहिष्कार गरेको बिषय बाहिर आएको हो । मेयर नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् भने उनको कुनैपनि कुरा नसुनी र स्थानीय तहसँग समन्वय नगरी मेला सुरु गरेकोप्रति उनी रुष्ट छन्भने कतिपय कांग्रेसका नेताहरु पनि मेलामा पुगेका छैनन् ।