Banner News खेलकुद गृहपृष्ठ प्रमुख समाचार समाचार

तिलोत्तमा गोल्डकपको २१औं संस्करण आजबाट बुटवलमा सुरु, पहिलो खेलमा झापा ११ विजयी !

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

शिव डुम्रे
फागुन ४, बुटवल

पूरानो ईतिहास बोकेको प्रतिष्ठित फुटबल प्रतियोगिता तिलोत्तमा गोल्डकपको २१ औँ संस्करण आज (शनिबार)देखि सुरु भएको छ । बुटवलको देविनगरस्थित रंगशालामा सुरु भएको २१ औँ संस्करणमा भारत र क्यामरुनका क्लबसहित १० वटा टीम सहभागी हुँदैछन् । प्रतियोगितामा एपीएफ क्लब, झापा ११, दाफिन्स एफसी क्यामरुन, सुनसरी ११, लाली रुपन्देही ११, च्यासल युथ क्लब, सिएमजी संकटा क्लब, मनाङ मस्र्याङ्दी क्लब, नेपाल पुलिस क्लब र भारतको दार्जिलिङ युनाइटेड क्लब सहभागी हुनेछन् ।


कार्यक्रम उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले नगरपालिकाले ३ बर्षभित्रमा स्तरीय रंगशाला निर्माण गर्ने र देशमै उत्कृष्ट खेलकुद खेलाउन सक्ने उल्लेख गरे । मेयर सुवेदीले नगरको विकासको लागी खेलको विकास अनिवार्य रहेकोमा जोड दिदैं, युवाहरुलाई पलायनताबाट राक्न र देशमा सभ्भावना देखाउन खेलकुदले ठूलो सहयोग गरेको बताए ।
बुटवल उपमहानगर संरक्षक रहेको पश्चिम क्षेत्रकै पूरानो र प्रतिष्ठित मानिने तिलोत्तमा गोल्डकप २०३१ सालमा स्थापना भएर ०३३ सालदेखि आयोजना सुरु भएको तिलोत्तमा गोल्डकप अहिलेपनि बुटवलबासीका लागि उत्सव नै हो । प्रतियोगितामा प्रथम हुनेले ८ लाख ८० हजार, द्वितिय हुनेले ५ लाख ५० हजार पुरस्कार र शिल्ड पाउने जिल्ला फुटवल संघले जनाएको छ । यस्तै उत्कृष्ट खेलाडीले एक थान स्कुटर, उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिडफिल्डर, डिफेन्स र कोचले २५–२५ हजार रुपैयाँ र शिल्ड पाउने छन् ।


उद्घाटन खेलमा झापा – ११ विजयी
यस्तै आजै भएको उद्घाटन खेलमा झापा– ११ विजयी भएको छ । सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई २–० ले हराउँदै पहिलो खेल आफ्नो पक्षमा पारेको हो । झापाको तर्फबाट टिम क्याप्टेन कर्ण लिम्बुले पहिलो हापको ११औं मिनेटमा १ गोल गरे भने दोस्रो हाफको ५ मिनेटमा बुद्धबल तामाङ्गले दोस्रो गोल गरेका थिए । यसँसँगै भोलीको खेल लाली रुपन्देही ११ र सुनसरी ११को रहनेछ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •