Banner News गृहपृष्ठ प्रवास राजनीति समाचार

कार्ल माक्र्सको स्मारकमाथि हमला ले उब्जाएको प्रश्न ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अनखबर
फागुन ५

लन्डनमा रहेको हाइगेट चिहानमा कार्ल मार्क्सको प्रतिमामा एक महिनाको अन्तरमा दोस्रोपटक आक्रमण गरिएको छ । प्रतिमामा ‘घृणाको सिद्धान्त’ तथा ‘नरसंहारका योजनाकार’ भनी रातो पेन्टले दलिएको थियो । चिहान उत्तरी लन्डनमा रहेको छ । दुई हप्ताअघि चिहानको सिंगमरमरको प्लाकमा कोतर्ने प्रयास गरिएको थियो र स्ल्याबबाट मार्क्सको नाम ह्याम्मर हानेर उप्काउन कोशिश गरिएको थियो ।

शनिवार चिहानमा पुगेका म्याक्सवेल ब्लोफील्डले आक्रमणबाट निकै स्तब्ध भएको बताए । उनी ब्रिटिश म्युजियममा काम गर्छन् । उनले भने, ‘यो मसानघाटको आकर्षण थियो । रातो पेन्ट त हराउला तर यस्तो किसिमको क्षति दुईचोटि हुनु राम्रो कुरा हैन ।’ अघिल्लो ह्याम्मर आक्रमणपछि फ्रेन्ड्स अफ हाइगेट सिमेटरी ट्रस्टले यो जानाजान गरिएको आक्रमण भएको बतायो ।

ट्रस्टका प्रमुख कार्यकारी इयन डंगाभेलले यो आक्रमण निकै निराश बनाउने किसिमको भएको बताए । मार्क्सको यो प्रतिमामा मार्क्स ग्रेभ ट्रस्टको स्वामित्व छ र यसलाई मार्क्स मेमोरियल लाइब्रेरीले प्रतिनिधित्व गर्छ ।
यो घटना अत्यन्तै निन्दनीय र आपत्तिजनक रहेको छ । कमरेड माक्र्सको स्मारकमाथिको तोडफोड विश्व सर्वहारावर्गले चलाएको समाजवादी आन्दोलन तथा कमरेड माक्र्सको आदर्श र उहाँले प्रतिपादन गर्नुभएको दर्शन र विचारमाथिको हमला हो । विश्वमै माक्र्सवादबारे नौलो किसिमको बहस चलिरहेको छ यस्तो अवस्थामा माक्र्समाथीको आक्रमणको योजनाकार पूँजीवादीहरु नै हुनसक्ने धेरैको अनुमान छ ।

द गार्डियनबाट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •