Banner News गृहपृष्ठ प्रमुख समाचार प्रवास राजनीति समाचार

गंगामाया न्याय माग्दै अन्तर्राष्ट्रिय अदालतमा पुगिनभने के हुन्छ ?

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अनखबर
फागुन ६

गंगामाया अधिकारीले बनाइन् पासपोर्ट, न्यायका लागि अन्तर्राष्ट्रिय समुदाय गुहार्दै
काठमाडौं । लामो समयसम्म नेपालमै न्यायका लागि संघर्ष गर्दा पनि नपाइएको भन्दै गंगामाया अधिकारीले अन्तर्राष्ट्रिय समुदाय गुहार्ने भएकी छन् । उनले आइतबार काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट राहदानी बनाएकी छन् ।

छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाहीको माग गर्दै लामो समय अनसन बसे पनि न्याय नपाइएपछि अन्तर्राष्ट्रिय समुदायलाई गुहार्ने तयारीमा उनी रहेकी छन् ।

“नेपालमा न्याय पाइँदैन मेरो जाने ठाउँ र भन्ने कोही पनि छैन त्यसकारणले अब यो विषयलाई अन्तराष्ट्रियकरण गर्छु,” गंगामायाको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,“अनसन सुरु गर्छु र मृत्युवरण गर्छु भनेर लागेकी हुँ । शरीरमा पनि पीडा भइरहेको छ । छोरो एउटा जेलमा छ । श्रीमान र एउटा छोरो मारिदिए । अब म के का लागि बाँच्ने भन्ने लागेको छ । तर छोराको हत्यारालाई कारबाही गराएर मात्रै मर्छु भन्ने लागेको छ ।”

उनी अहिले पनि वीर अस्पतालमै छन् ।

पीडकले नै राज्य कब्जा गरेकाले अन्तर्राष्ट्रियकरण गर्नुको कुनै विकल्प नभएको उनको भनाइ छ । “नेपालमै न्याय नपाए पनि माग्ने ठाउँ रहेछ । पीडकले राज्य कब्जा गरे पनि अन्तर्राष्ट्रिय क्षेत्राधिकार बाँकी रहेछ । त्यहाँ जाने ठाउँ छ भनेपछि अन्तराष्ट्र जान्छु भन्नुभएको छ,” स्रोतले भन्यो ।

उनी संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्क र जेनेभा तथा बेलायत पुगेर छोराको हत्यारालाई कारबाहीका लागि गुहार माग्ने तयारीमा छन् । छोराको हत्या अभियोग लागेका रुद्र आचार्य युरोपमा भएकाले बेलायतमा पुगेर यसबारेमा न्याय माग्ने तयारीमा उनी रहेकी छन् ।
यसअघि गंगामाया पुल्चोकस्थित राष्ट्रसंघ भवन पुगेकी थिइन् । अब उनी अन्तराष्ट्र्रिय स्तरमा पुगिनभने उनलाई कस्तो न्याय मिल्ला , तत्कालिन जनयुद्धका मुद्दाहरु उल्टाउने षड्यन्त्रपूर्वक त भैरहेको छैन ? प्रचण्ड, बाबुरामहरु यतिबेला यो विषयमा गम्भीर बनेका छन् । यदि मुद्दा लाग्यो भने नेपालको शान्तिप्रक्रिया धमिलिन सक्ने देखिन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •