Banner News गृहपृष्ठ प्रमुख समाचार राशिफल समाचार

नेकपाका नेता हेमन्तप्रकाश ओलिसहित ९ नेता गिरफ्तार  ! अब के गर्छन विप्लव ?

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अनखबर
काठमाडौं, ९ चैत । विप्लव नेतृत्वको पार्टीका स्थाई समिति सदस्य तथा मध्य केन्द्रिय कमाण्ड ईन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन पक्राउ परेका छन् ।
प्रहरीको विशेष ब्यूरो, महाशाखाको टोली र काभ्रे प्रहरीले सुदर्शनसहित ९ जनालाई शुक्रबार राति काभ्रेबाट पक्राउ गरेका हो ।
नेता सुदर्शनसहित नेताहरु शंकर अधिकारी, धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, विजय श्रेष्ठ, ललित लामा, सन्जीव कार्की, वेद घिमिरे र लोकेन्द्र खड्का पक्राउ परेकाे महानगरीय प्रहरी अपराध महाशाखाका निमित्त प्रमुख एसपी केदार ढकालले बताए ।
केही दिनअघि काभ्रेको काफल डाँडामा प्रहरीले फायरिङ गरेकाे थियो । काठमाडौंबाट गएको अपराध महाशाखाको टोलीले त्यो बेला हेमन्तलाई पक्राउ गर्न असफल भएको थियो ।

त्यस क्रममा प्रहरीले नेकपाका चार कार्यकर्तालाई पक्राउ गरेको थियो ।सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएसँगै प्रहरीले गाउँगाउँ पुगेर सो पार्टीका नेताहरुलाई प्रकाउ गरिरहेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *