Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति शिक्षा समाचार

पत्रकार महासघ सरकारबिरुद्द आन्दोलनमा, यस्तो छ आन्दोलनको कार्यक्रम ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अनखबर/बैशाख २८
नेपाल पत्रकार महासंघले आन्दोलन घोषणा गरेको छ । बैशाख २६ गते संसदमा दर्ता गरिएको विधेयकका प्रावधान प्रेस स्वतन्त्रताको विरुद्धमा भएको भन्दै महासंघले आपत्ति समेत जनाएको छ ।
शुक्रबार बसेको महासंघ केन्द्रीय समितिको आकस्मिक बैठकले स्वतन्त्र पत्रकारितामाथि अंकुश लगाउने ठहर गर्दै विधेयकप्रति आपत्ति जनाएको हो । दर्ता भएको विधेयकमा मिडियालाई नियन्त्रण गर्ने थुप्रै प्रावधान रहेको विभिन्न सञ्चार संस्थाहरुको भनाइरहेको छ ।
सरोकारवाला पक्षसँग छलफल र सहमतिविना ल्याइएको विधेयकका प्रावधानले स्वतन्त्र प्रेसमाथि अंकुश लगाउने र मिडिया काउन्सिललाई सरकार नियन्त्रित अंगका रुपमा स्थापित गरेको भन्दै महासंघले संसद अगाडि विरोध प्रदर्शनसम्मको संघर्षको कार्यक्रम घोषणा गरेको छ ।
अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा शुक्रबार बसेको महासंघको आकस्मिक बैठकले उक्त विधेयक फिर्ता लिई सरोकारवाला पक्षसँगको छलफल र सहमतिमा संविधानको भावना र प्रेस स्वतन्त्रताको अन्तराष्ट्रिय मूल्यमान्यताका आधारमा विधेयक पुन मस्यौदा गर्र्न माग गरेको छ ।
विरोध कार्यक्रम अन्तरगत वैशाख २९ गते महासंघका पूर्वपदाधिकारी, सञ्चार माध्यमका सम्पादक, कानूनविद र विज्ञसँग छलफल गर्ने, ३० गते सभामुख, राष्ट्रियसभाका अधयक्षलाई ज्ञापनपत्र बुझाउने र वैशाख ३१ गते संसदीय समितिका सभापति र सदस्यसँग छलफल गर्ने कार्यक्रम घोषणा गरेको छ ।
त्यस्तै जेठ १ गते कालोपट्टी बाँधेर काम गर्ने, महासंघको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र शाखा कार्उालयमा सरोकारवाला पक्षसँग छलफल गर्ने र जेठ ३ गते काठमाडौंमा संसदबाहिर र जिल्ला सदरमुकाममा सञ्चार साधनसहित प्रदर्शन गर्ने कार्यक्रम तय भएको महासचिव रमेश विष्टले विज्ञप्तिमार्फत जनाएका छन् ।
मस्यौदाका क्रममा रहेको आमसञ्चार ऐन र सार्वजनिक सेवा प्रशारण ऐनका सम्बन्धमा सरोकारवालासँग छलफल र सहमति गर्न माग गरेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *