Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

मध्यरातमा मेयरको १ करोड २० लाखको गाडीमा आगजनी, गाडी पुर्ण रुपमा ध्वस्त

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अनखबर/ जेष्ठ १
अछाम । अछामको मङ्गलसेन नगरपालिकाका नगरप्रमुख पदमबहादुर बोहराको गाडीमा मध्यराति आगजनी भएको छ ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार नगरप्रमुख चढ्ने बा २ झ ३६९४ नम्बरको गाडीमा गएराति २ः१५ बजेतिर आगजनी भएको हो ।
उक्त गाडी नगरपालिका परिसरमा पार्किङ गरी राखिएको अवस्थामा आगजनी भएको बताइएको छ । उक्त गाडी एक वर्षअघि नगरपालिकाले करिब एक करोड २० लाखमा खरिद गरेको थियो।
गाडीमा आगजनी भएको खबर पाएलगत्तै त्यहाँ प्रहरी परिचालन गरिएको भएपनि रातको समय भएकाले गाडी पूर्णरूपमा जलेर ध्वस्त भएको बताइएको छ । आगजनी कस्ले किन गर्यो भन्ने अहिलेसम्म खुल्न भने सकेको छैन ।
उक्त गाडी पार्किङ गरिएको स्थानमा नगरपालिकाका टिपरलगायत अन्य सरकारी गाडीहरु पनि रहेकोमा अरुमा भने कुनै क्षति नगरिएकोले उक्त घटना थप रहस्यमय बनेको प्रहरी श्रोतको भनाई छ ।
हरपलसँगको कुराकानीमा अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले उक्त आगजनी योजनाबद्ध ढङ्गले गरेको बताए ।
उनले आगजनीमा नेकपा (विप्लव) समूहको संलग्नतामा आशंकका गर्दै छिट्टै घटनाको वास्तविकता सार्वजनिक गरिने बताए ।
अछाम प्रहरीेले उक्त घटनामा संलग्नहरुको विशेष ढंगले अनुसन्धान प्रकृया अघि बढाएको बुझिएको छ ।

प्रहरीले आगजनी गर्नेलाई समात्ने र कानुनी कारबाही गरिने बताएपनि अहिलेसम्म उक्त विषयमा दोषीको पहिचान हुन सकेको छैन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *