Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

संयुक्त पत्रकार संघर्ष समितीद्वारा काठमाडौमा अन्तर्कृया सम्पन्न, मोहन बैध देखि चित्रबहादुर केसिसम्म उपस्थित

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अनखबर
जेठ ०४, काठमान्डौ । विभिन्न राजनीतिक दल तथा अधिकारकर्मीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथीको प्रतिवन्धको विरोध गर्दै सरकार फाँसीवादको बाटोमा गएको टिप्पणी गरेका छन ।
जनपत्रकार संगठन, नेपालसहित ५ पत्रकार संगठनले संयुक्त रुपमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै राजनीतिक दलका नेता तथा अधिकारकर्मीले संविधानको भावना विपरित सरकारले विना आधार राजनीतिक दलमाथी प्रतिवन्ध गरेर विचार,आस्था र अभिव्यक्ति स्वतन्त्रता विरोधी काम गरेको टिप्पणी गरेका हुन ।
कार्यक्रममा बोल्दै नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य किरणले विप्लव नेतृत्वको नेकपामाथी सरकारको प्रतिबन्धको विरोध गरे । उनले भने, ‘उहाँहरुले अहिले राजनीतिक दलमाथी प्रतिबन्ध लगाउन थाल्नुभएको छ, अहिले विप्लव जीले नेतृत्व गरेको नेकपामाथी लगाईएको छ, सत्तामा गएपछि उहाँहरुले केही देख्नुभएको छैन यसले ठिक ठाँउमा लैजादैन ।वरिष्ठ अधिवक्ता एकराज भण्डारीले विप्लव नेकपामाथीको प्रतिबन्ध गैरकानुनी भएको बताउनुभयो । उनले भने, ‘पार्टीमाथी प्रतिबन्ध सरकारले लगाउने होईन, जनयुद्धकालमा पनि कानुन बनाएर मात्रै प्रतिबन्ध लगाईएको थियो तर अहिले सरकारलाई कानुनको मतलव छैन । वरिष्ठ अधिवक्ता भण्डारीले राजनीतिक दलमाथी प्रतिबन्ध लगाउन नमिल्ने बताए । निर्वाचनमा भाग लिने नलिने सम्बन्धित दलको अधिकारको कुरा भएको भन्दै बरिष्ठ अधिवक्ता भण्डारीले दल हुन दर्ता अनिवार्य नभएको बताए ।
’पत्रकार महासंघका पूर्वसभापति डाक्टर सुरेश आचार्यले विप्लव नेतृत्वको नेकपामाथी प्रतिबन्ध लगाउनु अभिव्यक्ति स्वतन्त्रतामाथीको प्रतिबन्ध भएको बताए ।
उनले भने, ‘राजनीतिक दलमाथीको प्रतिबन्ध भनेको पार्टीको अभिव्यक्ति स्वतन्त्रतामाथीको प्रतिबन्ध हो, अहिले नेकपाका कार्यकर्ता बोल्न पाउँदैनन, बहस गरेर हिडने अवस्था छैन, यो गलत छ । ’उनले अहिले कुनै एउटा दलमाथी प्रतिबन्ध लागेको र भोली अरुमाथी पनि लाग्न सक्ने भन्दै सचेत रहन आग्रह गरे । उनले भने, ‘दशबर्षे युद्धमा त कानुन बनाएर दलमाथी प्रतिबन्ध लगाएको थियो अहिले त त्यो पनि चाहिएन सिधै प्रतिबन्ध भनिएको छ ।’
सरकारले राजनीतिक दलमाथी प्रतिबन्ध लगाउनेमात्रै होईन मिडियालाई नियन्त्रण गर्ने गरि मिडिया काउन्सिल विधेयक संसदमा दर्ता गरेपछि विरोधमा जनपत्रकार संगठन नेपाल,क्रान्तिकारी पत्रकार महासंघ, प्रेस सोसाईटी नेपाल, प्रगतिशील पत्रकार संघ, मधेशी पत्रकार समाज, नेपालले संयुक्त मोर्चा बनाएर आन्दोलन अगाडी बढाएका छन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *