Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

प्रतिबन्ध तोड्दै रुपन्देहीमा “विप्लव”को युवा मार्च पास

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अनखबर / जेठ ५
सरकारले २ महिना अगाडीदेखि नै प्रतिबन्ध लगाएको घोषणा गरेको ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले आज रुपन्देहीको शुद्दोधन गाउँपालिका स्थित भुजौलिमा बृहत युवा मार्छ पास गरेको छ ।
प्रतिबन्ध पछि भुमिगत जस्तै बनेका सो पार्टीका नेता कार्यकर्ताहरु मार्चपासमा रातो फेटा बाधेर पार्टीका नाराहरु लगाउदै झन्डै आधा घण्टासम्म र्याली गर्दासमेत प्रहरीले भने सुईको पाएन । सो पार्टी समर्थित नेता कार्यकर्ता खोजिरहेको प्रहरीले यस्तो कार्यक्रमहरु हुदासमेत पत्ता पाएन जहाँ सो पार्टीका जिम्मेवार नेताहरुले सम्बोधन गरेका थिए। र्यालिपछी सम्बोधन गर्दै पार्टीका नेता नविनले प्रतिबन्धले क्रान्तिकारी पार्टीलाई आत्मसर्मर्पण होईन, दृढ र एकताबद्द बनाएको छ, यसले हामिलाई भन्दा सरकारलाई नै घाटा हुन्छ, उनले भने । यस्तै सम्बोधन गर्दै अर्का युवा नेता प्रकाशले पनि प्रतिबन्ध क्रान्तिको लागि अवसर हुने र दलालको लागि झटारो हुने टिप्पणी गरे ।
नेकपाले पछिल्लो समय प्रतिबन्ध चिर्दै शान्तिपुर्ण कार्यक्रम तथा संगठनात्मक कार्यक्रमहरु अगाडी बढाईरहेको एक नेताले बताए । रुपन्देहिमा भएको मार्चपास जस्तै अन्य शान्तिपुर्ण कार्यक्रमहरु पार्टीको रहेको पार्टीले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *