Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

नेकपाका गुल्मि सेक्रेटेरीलाई पुनः गिरफ्तार , ५२ दिनसम्म गैरन्यायिक हिरासत

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अनखबर/ काठमाडौं, ६ जेठ
नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.)का गुल्मी जिल्ला सेक्रेटरी खिमबहादुर खड्कालाई प्रहरीले पुनः गिरफ्तार गरेको छ ।
गत चैत्र १५ मा गुल्मीबाट गिरफ्तार गरी लगातार रुपमा गैरकानूनी रुपमा हिरासतमा राखेको ठहर गर्दै आइतबार सर्वोच्च अदालतले रिहा गर्न नेपाल सरकार गृह मन्त्रालयको नाममा आदेश भएको थियो ।
तर आदेश लगत्तै खड्कालाई सर्वोच्च गेटबाटै पुनः गिरफ्तार गरी अर्घाखाँची लगिएको छ । गुल्ती प्रहरीको हिरासतमा गैरकानूनी थुनामा राख्ने गुल्मी जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई समेत आदेशको जानकारी दिनु आदेश भएको थियो । तर खड्कालाई अर्घाखाँची पुर्याइएको छ ।
रिहाईको आदेश सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले दिएको हो । खडकालाई बिनाकारण गिरफ्ता गरी गैरकानूनी ढंगबाट हिरासतमा राखिएको भन्दै रिहाइको मागसहित सर्वोच्चमा बन्दी रिट निवेदन दायर गरिएको थियो ।
ने.क.पा.का नेता कार्यकर्तामाथि दमन, गिरप्mतार र पुनः गिरफ्तार क्रमलाई सरकारले तीव्रता दिएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *