Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

सहिद तथा बेपत्ता परिवारको एकैश्वर “हाम्रा मान्छे कहाँ छन ?”

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

शिव डुम्रे/ बुटवल
बुटवलको सडक नै पग्लने गर्मी, हातमा प्लेकार्ड लिएर हिडेका हिडिरहेका मान्छेहरुलाई घामको भन्दा धेरै प्रवाह आफ्ना बेपत्ता र सहिदभएका आफन्तहरुको सम्झना ज्यादा थियो । सहिद तथा बेपत्ता परिवार समाजले रुपन्देहीको बुटवलमा गरेको कार्यक्रममा सहिदका परिवारहरु निकै भावुक र आक्रोशित देखिन्थे । हातमा लिएका प्लेकार्डमा हाम्रा मान्छे कहाँ छन ? कि सास कि लास देउ ! सहिदका छोराछोरिलाई निशुल्क पठनपाठनको ब्यबस्था गर ! लेखिएका प्लेकार्डहरु हातभरी थिए । रातो झन्डा, रातो ब्यानर, चर्को घाममा चर्को भाषण चल्दै थियो ।


कार्यक्रममा बोल्दै सहिद तथा बेपत्ता परिवार समाजका केन्द्रिय सदस्य सहिद परिवार जया पौडेलले सरकारसग आक्रोश मात्रै पोखिनन, सहिदका सपना सरकारले साकार गर्न नसके सहिद परिवार नै सडकमा आउने चेतावनीसमेत दिइन । पौडेलले भनिन् “सहिदका परिवारलाई ब्यबस्थापन गर्छौ भन्दै शान्ती सम्झौता गरेको १३ बर्ष भयो अहिलेसम्म सहिद परिवारको अबस्थामा भने उस्तै छ , हामिलाई अहिले द्वन्दपिडित भनिन्छ, हामी सहिद परिवार हौ हाम्रो बेपत्ताहरुको सास कि लास चाहिन्छ ।”


यस्तै कार्यक्रम बोल्दै सहिद परिवारका तर्फबाट राधा घिमिरेले सहिद परिवारलाई सम्मान गर्नुको सट्टा अपमान गर्ने गरेको टिप्पणी गरिन । लुम्बिनीका नवलपरासी, नवलपुर,  रुपन्देही, कपिलवस्तु, गुल्मी, पाल्पा, अर्घाखाँची  लगायतका जिल्लाबाट झन्डै १५० जना सहिद तथा बेपत्ताका परिवारहरु रुपन्देही आईपुगेका हुन । बेपत्ता योद्धा स्मृति दिवसको अबसरमा सो कार्यक्रम गरिएको थियो । कार्यक्रम संचालक सहिद परिवार लता   घिमिरेले गरेकी थिइन । पुष्पलाल पार्कदेखी ट्राफिकचोकसम्म र्याली गरि ट्राफिक चोकमा सभामा परिणत भएको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *