Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

प्रहरीको गोली लागेका विप्लव कार्यकर्ताको मृत्यु, जवाफ दिने नेकपाको संकेत

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अनखबर / जेष्ठ ८
भोजपुर – भोजपुरमा विप्लव कार्यकर्ता र प्रहरीबीच गाेली हानाहानपछि घाइते भएका विप्लव कार्यकर्ताको मृत्यु भएको छ। मंगलवार दिउँसो भोजपुर र खोटाङ्गको सिमानामा पर्ने मैयुम क्षेत्रको धोत्रे भन्ने ठाउँबाट गिरफ्तार गर्ने क्रममा प्रहरिले उनीमाथि गोली चलाएको थियो। प्रहरीको गोलि प्रहारबाट षडानन्दनगरपालिका २ कुदाककाउलेक नेकपाका कार्यकर्ता ३२ बर्षिय तिर्थराज घिमिरे गम्भिर घाइते भएका थिए।
खुट्टामा गोली लागेको उनलाई थप उपचारको लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारको क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर पाण्डव राजवंसीले बताए। गोली लागेर गम्भिर घाइते भएका उनको स्थानिय अन्नपुर्ण स्वास्थ्य चौकीमा प्राथामिक उपचारपछि धरान पठाइएको थियो। मंगलवार साझ पाँच बजे धरान पठाइएको उनको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधवार विहान ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
टेम्केमैयुङ्ग गाउँपालिका वडा नं.२ छिनामखुस्थित धोत्रे जङ्गलमा विप्लवका हतियारधारी समूह र प्रहरीको जम्काभेट भएको भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताए। उक्त ठाउँ छिनामखु र खोटाङ्गको केपलासगढी गाउँपालिकाको सिमा क्षेत्रमा पर्दछ।  त्यस क्रममा उनीहरुले प्रहरीमाथि फायर खोलेको र जवाफी कारवाहीमा घिमिरेलाई गोली लागेको प्रजिअ खतिवडाले बताए।
यता नेकपाले भने सो घटना प्रत्यायोजित भएको प्रतिक्रिया दिएको छ । सामान्य निशस्त्र मान्छेलाई कब्जामा लिई योजनाबद्ध तरिकाले गोलि हानेर प्रहरीले हत्या गरेको हो, यसको जवाफ पार्टीले दिन्छ, सो पार्टीका एक केन्द्रिय सदस्यले अनखबरलाई प्रतिक्रिया दिएका छ्न  ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *