Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

तिर्थको हत्यासगै देश द्वन्द्वमा फस्ने खतरा बढ्यो, नेकपा आक्रोशित !

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अनखबर / जेष्ठ ८
भोजपुर । विप्लव नेकपाका एकजना नेताले भोजपुरमा आफ्ना कार्यकर्ताको प्रहरीसितको भिडन्तमा मारिएको भन्ने समाचारको खण्डन गरेका छन् । ती नेताले भोजपुर घटनाबारे प्रश्न गर्दा प्रहरीले जिल्ला नेता तीर्थराज घिमिरे ‘राजु’ लाई नियन्त्रणमा लिएर हत्या गरेको जनाएका छन् ।
मंगलबार भोजपुरको टेम्केमैयुङ गाउँपालिका २ स्थित मैयुङ क्षेत्रको धोद्रे जङ्गलमा प्रहरीले नेकपाका कार्यकर्तासँग दोहोरो भिडन्तमा घिमिरे घाइते भएको बताएको थियो । तर नेकपाका सगरमाथा ब्यूरो सदस्य शैलेसले भने उक्त क्षेत्रमा प्रहरीसँग भिडन्त नभएको बताएका छन् ।
उनले प्रहरीले घिमिरेको गोली हानी हत्या गरेको दाबी गरेका छन् । घटनालाई ढाकछोप गर्न भिडन्तको नाटक गरिएको शैलेसलेको भनाइरहेको छ । प्रहरीले नेकपाका जिल्ला नेता २५ वर्षीय घिमिरेको भिडन्तकोक्रममा खुट्टामा गोली लागेको बताएको थियो । उपचारको क्रममा बुधबार बिहान मृत्यु भइसकेको छ ।
भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले प्राथमिक उपचारपछि थप उपचारका लागि लगिँदै गर्दा घिमिरेको बाटैमा मृत्यु भएको पुष्टि गरे । भोजपुर नगरपालिकास्थित भैँसीपङ्खाको आइतबारे भीर नजिकै खसेको पहिरोले बाटो अवरुद्ध भएपछि समयमा अस्पताल पुर्याउन नसक्दा घिमिरेको बाटैमा मृत्यु भएको प्रजिअ खतिवडाले सञ्चार माध्यमलाई जानकारी दिएका छन् ।
नेकपामाथि प्रतिबन्ध लगाएपछिको हत्या भएको यो पहिलो घटना हो । यस घटनापछि सरकार र नेकपाबीच तनाव झन बढ्ने अनुमान गरिएको छ । सरकारले वार्ताको कुरा गरिरहेको र नेकपाले पनि शान्तिपूर्ण कार्यक्रम घोषणा गरेको अवस्थामा घिमिरेको हत्या भएको छ । हत्या घटनाको विरोध भइरहेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *