Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

नेकपाले रुपन्देहीले गर्‍यो श्रद्धाञ्जली सभा, सहिदहरुको रगतको बदला लिन्छौं : नेकपा

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अनखबर /जेष्ठ १७
बुटवल । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो पार्टी नेता कार्यकर्ताको निधनप्रति दु:ख व्यक्त गर्दै आज देशभर श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।
रुपन्देहीको  आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका लुम्बिनी ब्यूरो सदस्य तथा रुपन्देहीका इन्चार्ज शरद ओलिले एकीकृत जनक्रान्तीमा ७ जना सहिद बनिसकेको भन्दै महान सहिदहरुको रगतले देखाएको बाटोमा हिड्ने प्रतिबद्दता ब्यक्त गरे । जनयुद्धको उद्देश देशमा जनताको राज्यसत्ता स्थापना गर्ने भएको र त्यो पूरा नगरी केपि-प्रचण्डले संसदवादलाई नै स्वीकार गरेको र सहिदहरुको सपना कैद गरेको ओलिले बताए ।


प्रतिबन्ध लगाउने शासक कहिल्यै नटिकेको ईतिहास सम्झदै ओलिले राणा, पन्चायत, राजाहरु सिद्दिएको र अहिलेको सत्ता पनि सकिने पक्का रहेको बताए ! केपि-प्रचण्डहरुको दमनको कारणले आन्तरिक दुर्घटनामा सहिदहरु बन्नु परेको भन्दै उनले अब सहिदका रगतको बदला लिने बेला आएको बताए । उनले कसैले पार्टीबिरुद्ध सुराकी नगर्न र अनावश्यक धरपकड नगर्ने समेत उनले चेतावनी दिए ।
यस्तै सभालाई सम्बोधन गर्दै जिल्ला सेक्रेटरी अमर रोक्काले सरकारले तानाशाही प्रवृत्ति देखाउदै कम्युनिस्ट पार्टीका नेता कार्यकर्तालाई गोलि हानेर मारेको भन्दै भोजपुरमा प्रहरीको गोलि लागेर मारिएका तिर्थराज घिमिरे लाई प्रहरीले माथिदेखिकै निर्देशनमा योजनाबद्ध हत्या गरिएकोप्रती उनले आक्रोश व्यक्त गरे । “पार्टीले सेनाप्रहरिसग लड्ने कुनै योजना नबनाउदा गोलि प्रहार गर्नु, प्रतिबन्ध लगाउनु राज्यको कुन्सित मनशाय रहेको भन्दै आफुहरुले सहिदहरुको रगतको बदला लिन्छौं” अमरले भने । बजेट आत्मनिर्भर उत्पादनमुखी नभएको र बितरणमुखी र निर्वाचन केन्द्रिय मात्रै भएको उनको जिकिर थियो ।


कार्यक्रममा जिल्ला सचिवालय सदस्य नवीन थारुले जनतामा अभाव, पीडा र आक्रोश उकुसमुकुस छ तर बिरोध गर्दा गोलि हान्ने सरकार भएको भन्दै सरकारले गोलि चलाए जनताहरु पनि चुप नलाग्ने र जवाफ दिने बताए ।


गत जेष्ठ ७ गते भोजपुरको दिक्लामा प्रहरीको गोलि लागेर तिर्थराज घिमिरेको निधन भएको थियो, सोही घटना विरुद्धमा संघर्षको कार्यक्रम घोषणा गरेको समय आन्तरिक दुर्घटनामा गोकुल पुन मगर “महान”, विभुराम बिश्वकर्मा “दिपेन्द्र”,कृष्ण भण्डारी “निरन्तर”, प्रज्वल शाही को सहादत भएको भन्दै सबै सहिदहरुको सपना पूरा गर्ने प्रतिबद्धता नेकपाका नेताले व्यक्त गरेका थिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *