Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

छेकेन प्रतिबन्धले, नवलपुर र कपिलवस्तुमा पनि श्रद्धाञ्जली सभा

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अनखबर /जेष्ठ १७
बुटवल । प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो पार्टी नेता कार्यकर्ताको निधनप्रति दु:ख व्यक्त गर्दै हिजो देशभर श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।


नवलपुरमा  आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका लुम्बिनी ब्यूरो सदस्य तथा नवलपुरका इन्चार्ज जुझारुले जनयुद्धको उद्देश देशमा जनताको राज्यसत्ता स्थापना गर्ने भएको र त्यो पूरा नगरी केपि-प्रचण्डले संसदवादलाई नै स्वीकार गरेको र सहिदहरुको सपना कैद गरेको बताउदै सहिदका सपना पूरा गर्न अब लड्ने बेला आएको र सबै तयार रहन आग्रह गरे । उनले कसैले पार्टीबिरुद्ध सुराकी नगर्न र अनावश्यक धरपकड नगर्ने समेत चेतावनी दिए ।

यस्तै  सभालाई सम्बोधन गर्दै कपिलवस्तु जिल्ला सेक्रेटरी सुनिल थारुले  सरकारले तानाशाही प्रवृत्ति देखाउदै कम्युनिस्ट पार्टीका नेता कार्यकर्तालाई गोलि हानेर मारेको भन्दै भोजपुरमा प्रहरीको गोलि लागेर मारिएका तिर्थराज घिमिरे लाई प्रहरीले माथिदेखिकै निर्देशनमा योजनाबद्ध हत्या गरिएकोप्रती उनले आक्रोश व्यक्त गरे । सरकारले गोलि चलाए जनताहरु पनि चुप नलाग्ने र जवाफ दिने बताए ।


गत जेष्ठ ७ गते भोजपुरको दिक्लामा प्रहरीको गोलि लागेर तिर्थराज घिमिरेको निधन भएको थियो, सोही घटना विरुद्धमा संघर्षको कार्यक्रम घोषणा गरेको समय आन्तरिक दुर्घटनामा गोकुल पुन मगर “महान”, विभुराम बिश्वकर्मा “दिपेन्द्र”,कृष्ण भण्डारी “निरन्तर”, प्रज्वल शाही को सहादत भएको भन्दै सबै सहिदहरुको सपना पूरा गर्ने प्रतिबद्धता नेकपाका नेताले व्यक्त गरेका थिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *