Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

अपर कर्णालीको परियोजना कार्यालयमा बम विस्पोट, क्षति विवरणसहित

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अनखबर / जेठ २५ गते
माथिल्लो कर्णाली जलविद्युत परियोजनाकाे सम्पर्क कार्यालयमा बम विस्फोट भएको छ ।
अछामको तुर्माखाद गाउँपालिका-३ भैरवस्थानमा रहेको माथिल्लो कर्णाली जलविद्युत परियोजनाकाे असाराघाटकाे सम्पर्क कार्यालयमा शनिबार बिहान ४ बजे प्रेसर कुकर बम विस्फोट भएको प्रहरीले बताएको छ ।
विस्फोटबाट कार्यालय र नजिकैको शौचालय भत्किएको छ भने एउटा मोटरसाइकलमा समेत आगजनी भएको अछाम प्रहरी प्रमुख डिएसपी जनक शाहीले जानकारी दिए । उनका अनुसार घटनास्थलमा प्रहरी शनिबार बिहानै पुगेको हो ।
माथिल्लो जलविद्युत परियोजना राष्ट्रघाती सम्झौता भएको र त्यसलाई राेक्नुपर्ने जनस्तरबाट बारम्बार अावाजहरु पनि उठ्दै अाइरहेकाे छ ।
उक्त परियोजनाकाे सम्पर्क कार्यालयमा कस्ले ध्वस्त गराएकाे हो भन्ने एकिन जानकारी भएको छैन ।
नेपालका महत्त्वपूर्ण विभिन्न नदीहरु देशकाे अहितमा भारतलाई सुम्पिएकाे भन्दै नेपाल कम्युनिस्ट पार्टी लगायत विभिन्न पार्टीले सम्झौता भएदेखि नै राष्ट्रघाती सन्धि सम्झौता खारेज गरिनुपर्ने माग गर्दै अाइरहेका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *