Banner News गृहपृष्ठ प्रमुख समाचार यौन/स्वास्थ्य शिक्षा समाचार

बोनम्यारो प्रत्यारोपण गर्न यसरी जुट्यो सहयोग

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अनखबर
नवलपुर , २९ जेठ

नवलपुरको कावासातीमा मंगलबार नवलपुर समाज दक्षिण कोरीया द्धारा १ लाख ४५ हजार ३ सय ९३ रुपैया सहयोग रकम हस्तान्तरण गरीएको छ । कावासोती नगरपालीका वडा नं. २ निवासी ११ वर्षीया बालक निरज गौडेलको शरिरमा डब्लु वि सि अन्यन्तै न्यून भएका कारण बोनम्यारो प्रत्यारोपणका लागी नवलपुर समाज दक्षिण कोरीयाले नदग रु. १ लाख ४५ हजार ३ सय ९३ रुपैया सहयोग रकम नेपाली बाजे फेसबुक समुह मार्फत हस्तान्तरण गरीएको संस्थाका संस्थापक अध्यक्ष यादव खनालले जानकारी दिए । साथै बालक गौडेलकै उपचारको लागी समाता शिक्षा निकेतनका विद्यार्थी तथा शिक्षकहरुबाट खाजा खाने रकमबाट केही पैसा छुट्टाई सहयोग गरेको विद्यालयका प्रध्यानाध्यापक महेश भुर्तेलले जानकारी दिए ।

बालक गौडेलको बोन म्यारोमा समस्या देखिएपछि हाल भारतको दिल्लीमा रहेको गंगााराम अस्पतालमा उपचार भैरहेको छ भने बोनम्यारो प्रत्यारोपणका लागी करीव ४०÷४५ लाख खर्च लाग्ने परिवारले जानकारी दिदै आएको छ ।
निरज बचाउ अभियान अन्र्तगत हाल सम्म १२ लाख २४ हजार ६ सय ५० रुपैया संकलन भैसकेको नेपाली बाजेका अध्यक्ष दिवस सापकोटाले जानकारी दिए । पोर्चुगलबाट शुशिला घिमिरेको संयोजकत्वमा संकलित ८७ हजार ५ सय रुपैया समेत नेपालि बाजेलाई प्राप्त भएको सापकोटाले बताए ।

हाल सम्म निरज बचाँउ अभियानमा कतार, कोरीया, पोर्चुगल, नेपाली बाजे, शिव शंक्ति टोल विकास, लुम्विनी बोर्डिङ्, समता शिक्षा निकेतन, मालपोत टोल विकास लगाएतका संस्था र विभिन्न ब्यवसायि, विद्यार्थि लगाएतले सहयोग गरेको सापकोटाले मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष यादव खनाल, कावासोती नगरपालिका २ वडाध्यक्ष लक्ष्मी प्रसाद पौडेल लगायतले बोलेका थिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *