Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

पुर्वमन्त्री डिआर पौडेलको हृदयघातका कारण निधन

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अनखबर / जेष्ठ ३१
पूर्वमन्त्री तथा सत्तारुढ नेकपाका केन्द्रीय सदस्य डिआर पौडेलको मृत्यु भएको छ । पौडेलको मृत्युको खबर सोही पार्टीका अर्का केन्द्रीय सदस्य तथा गृहमन्त्री थापाका स्वकीय सचिव सूर्य सुवेदी पथिकले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन् ।
पथिकले पौडेलको मृत्यु ह्दयघातका कारण चितवनमा निधन भएको जानकारी दिएका छन् । पौडेल यसअघिको मन्त्रीमण्डलमा शिक्षामन्त्री थिए । उनी चितवनमा लोकपृय तथा इमानदार छवि बनाएका नेता हुन् ।
उनको असामयिक निधनप्रति उनका आफन्त तथा शुभचिन्तक एवम उनी आवद्ध पार्टीका नेता कार्यकर्ताहरुलाई श्रद्धाञ्जली ब्यक्त गरिरहेका छन् ।
पौडेललको निधन भएपछि अहिले चितवनको माडी स्थित निवासमा उनका आफन्त तथा पार्टी कार्यकर्ताको भीड लागेको छ । उनको आजै दाहसंस्कार गर्ने कार्यक्रम रहेको स्रोतले जानकारी दिएको छ ।
पौडेललाई अन्तिम श्रद्धाञ्जली दिन गृहमन्त्री राम बहादुर थापा अहिले चितवन जादैं छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *