Banner News अर्थ गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

प्रदेश ५ को बजेट ३६ अर्ब ४१ करोड : कृषी, पर्यटन र भौतिक निर्माणलाई प्राथमिकता ( बजेटको पूर्णपाठसहित )

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
अनखबर/असार १
बुटवल ।
प्रदेश नं. ५ ले आगमी आर्थिक बर्ष २०७६÷०७७ को लागी रु ३६ अर्ब ४१ करोड ६८ लाख विनियोजन गरेको छ । आज आर्थिक मामिला तथा योजना मन्त्रालय समेत सम्हाल्दै आएका प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले आईबार ३ बजेबाट चलेको प्रदेश सभाको बैठकमा सो बजेट पेश गरेका हुन् ।
कुल विनियोजनमध्ये चालूतर्फ रु १३ अर्ब ४५ करोड ५ लाख अर्थात्‌ ३६।९४ प्रतिशत‚ पूँजीगततर्फ रू। ज्ञड अर्ब छठ करोड टद्ध  लाख अर्थात्‌ छज्ञ।०१ प्रतिशत रहेको छ । वित्तीय हस्तान्तरण अन्तर्गत स्थानीय तहलाई उपलब्ध गराइने सशर्त अनुदान तर्फ रु।१ अर्व घड  करोड ९८ लाख, वित्तीय समानीकरण अनुदानतर्फ रु। ५० करोड, समपूरक अनुदानतर्फ रु।१ अर्व ५० करोड र  बिशेष अनुदानतर्फ रु। १ अर्व गरी कूल रु। ४ अर्व घड  करोड ९८ लाख विनियोजन गरेको छु । वित्तीय हस्तान्तरणको अंश कूल विनियोजित बजेटको १२।०५ प्रतिशत रहेको ।
आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट रू। ४ अर्ब ५९ करोड ४० लाख, राजस्व बाँडफाँटवाट ९ अर्व ९१ करोड २३ लाख, रोयल्टी बाँडफाँटबाट ३० करोड, वित्तीय समानीकरण अनुदानवाट ७ अर्व ५४ करोड १ लाख, सशर्त अनुदानवाट ७ अर्व ७७ करोड ४ लाख, चालू आर्थिक वर्षको वचत रकमवाट रु।५ अर्व, समपूरक अनुदानवाट ८ण् करोड र विशेष अनुदानवाट ५० करोड रहने अनुमान  सहितको बजेट पेश भएको हो । प्राथमिकतामा परेका सशर्ततर्फका आयोजनाहरु कार्यान्वयन गर्दै जाँदा स्रोत अपुग भएमा चालू आर्थिक वर्षमा झै नेपाल सरकारसंग अपुग श्रोतको माग गरिने समेत बजेटमा उल्लेख छ ।
विभिन्न उपशिर्षकहरुमा छुट्याएर विनियोजन गरिएको बजेटले कृषि, भूमि व्यवस्था, कृषि तथा सहकारी क्षेत्रका लागि कूल रु। ४ अर्व ७ करोड, पर्यटन क्षेत्रको विकास र प्रबर्द्धनका लागि रु। ७५ करोड , ‍औद्योगिक तथा वाणिज्य क्षेत्रको विकास र प्रबर्द्धनका लागि रु। २३ करोड, संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा प्रदेशमा सुविधा सम्पन्न ज्येष्ठ नागरिक ग्राम र अपाङ्गता ग्रामको निर्माण गर्ने रु। १ करोड ५०, शिक्षा क्षेत्रको विकास कार्यक्रमको लागि रु। ५७ करोड युवा तथा खेलकूद क्षेत्रमा कूल रु। १६ करोड ६९ लाख, स्वास्थ्य क्षेत्रको विकास र प्रबर्द्धन कार्यक्रमका लागि रु। ७४ करोड, सिंचाइ तथा नदी नियन्त्रण कार्यक्रमका लागि कूल रकम रु। २ अर्व ४३ करोड  विनियोजन गरिएको छ । प्रदेशको बिकास र आर्थिक वृद्धिको लागि भौतिक पूर्वाधारले केन्द्रीय भूमिका खेलेको छ । कृषि, उद्योग, पर्यटन विकास, निजी क्षेत्रको लगानीको पूर्वशर्तको रुपमा रहेको भौतिक पूर्वाधारको विकासलाई बिशेष प्राथमिकता दिइएको छ ।
बजेट कार्यान्वयन गर्नको लागी पूर्ण रुपमा तयारी समेत भएको र कार्यान्वय पक्षलाई जोड दिने मुख्यमन्त्री शंकर पोख्रेलले बताए ।
( बजेटको पूर्णपाठ )
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *