Banner News गृहपृष्ठ प्रमुख समाचार यौन/स्वास्थ्य राजनीति समाचार

आमाले बिहे गर्न नमानेपछि ६ बर्षिया छोरी अपहरण

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अनखबर/ असार ११
बुटवल ।
प्रहरीले तिलोत्तमा नगरपालिका वडा नम्वर १२ बाट अस्ति साझ अपहरणमा परेकी ६ बर्षिय बालकालाई आज बिहान बुटवलको एक होटलबाट उद्धार गरेको छ ।
तिलोत्तमा नगरपालिका वडा नम्वर १२ का टेक बहादुर थापाकी छोरी ६ बर्षिय साबित्रीलाई अपहरण गरी बुटवल उप महानगरपालिका वडा नं.५ स्थित होटल बुटवल प्लाजा ऐण्ड रेष्टुरेण्टको कोठा नं. १०३ मा लुकाई राखेको अवस्थामा अपहरित साबित्रीलाई आज बिहान साढे ७ बजे फेला पारी उद्दार गरिएको र अपहरणकर्ता जयराम दासलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
जयराम दासले बिगत नौ महिनादेखि पीडितको घर नजिकै रैनी खोलामा पुल बनाउने पेटी ठेगेदारको काम गर्दै आएकोमा पीडितको आमा मन्जु थापासंग चिनजान भई सम्बन्ध रहेको र जयराम दासले मन्जु थापालाई बिवाहको प्रस्ताब राखेकोमा  मन्जुले नमाने पछी पीडित नबालक बर्ष ६ की साबित्री थापालाई अपहरण गरी लगेको प्रारम्भिक अनुसन्धान बाट देखिएको प्रहरीले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *