Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति शिक्षा समाचार

आमालाई श्रद्धाञ्जली दिन नपाएका विप्लवका नेताको मार्मिक श्रद्धाञ्जली पत्र, आमाको नाममा ५० हजारको अक्षयकोषको घोषणा (पत्रसहित)

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अनखबर / असार १६ ।
कपिलवस्तु
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा अखिल नेपाल शिक्षक संगठनका पुर्व उपमहासचिव भेषराज भुषालले आफ्नो आमाको श्रद्धाञ्जलीमा उपस्थित हुन नपाएको भन्दै मार्मिक श्रद्धाञ्जलीपत्र लेखेका छन । आज आफ्नो आमाको स्मृतिदिवसको दिन पत्र लेख्दै उनले  राज्यले आफ्नो  पार्टीमाथी लगाएको प्रतिबन्ध राज्याआतंक, हत्या, धरकपडका कारण, आमाको अन्तिम अबस्थामा उपस्थित हुन नसकेको र दाहसंस्कारमा समेत सहभागी हुन र आफ्नै परिवार र आफन्त सग शोक मनाउन नपाउदै झनै मर्माहत भएको उल्लेख गरेका छन ।


आमाको मृत्युको शोकमा समेत परिवारसग टाढा रहेपनी श्रद्धाञ्जली ज्ञापन गर्दै उनले शोकलाई शक्तिमा बदल्न घर सम्म पुगेर वा विभिन्न माध्यमबाट श्रद्धाञ्जली व्यक्त गर्ने पार्टीका महासचिव विप्लव देखि सबैलाई धन्यवाद ज्ञापन गरेका छन ।

आमाको नाममा ५०,०००/- को अक्षयकोष ।

भुषालले आफ्नो आमाको भावनाको उच्च सम्मान गर्दै ५० हजार बराबरको अक्षयकोष  “उमादेवि भुषाल स्मृति छात्रवृत्ति पुरस्कार” स्थापना गर्ने घोषणा गरेका छन । श्री समयथान उच्च माविका छात्राहरुमध्य एसईईमा उत्कृष्ट नतिजा ल्याउने छात्रालाई हरेक बर्ष ब्याज रकम दिनेसमते घोषणा भुषालले गरेका छन । अक्षयकोषको संरक्षकको रुपमा भुषालपत्नी इन्दुकुमारी भुसाल रहने छिन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *