Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

झापामा प्रतिबन्धविच सहिद कुमार पौडेलको श्रद्धाञ्जली सभा

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अनखबर / असार १६

झापा ।
नेत्र विक्रम चन्द (विप्लव )नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले प्रतिबन्धका बाबजुद सहिद कुमार पाैडेलकाे सम्झनामा श्रद्धाञ्जली शभा सम्पन्न गरेकाे छ।
आज मंगलबार सहिद कुमारकाे १३आैँ पुण्य तिथिकाे अवसरमा नेकपा झापाले सहिद कुमारलाई सम्झँदै श्रद्धाञ्जली शभा सम्पन्न गरेकाे जनाएको छ।
सर्लाही जिल्लाका कर्मठ योद्दा, नेपाल कम्युनिस्ट पार्टीका सर्लाही जिल्ला इन्चार्ज तथा जनकपुर ब्युरो सदस्य कमरेड कुमार पौडेलकाे प्रहरीले हत्या गरेकाे भन्दै नेकपा झापाले सहिदहरुकाे बलिदान कुनैपनि हालतमा खेर जान नदिने प्रतिबद्धता गरेका छन्।
उक्त श्रद्धाञ्जली कार्यक्रमको सम्बोधन गर्दै झपा जिल्ला सचिव मनिषले दलाल राज्यसत्ताले जनताकाे नेता मार्ने काम बन्द नगरे ठुलो मुल्य चुकाउनु पर्ने बताए ।उनले सहिद कुमारलाई सम्झँदै कुमारकाे मुठभेडमा मृत्यु नभएर उनकाे हत्या गरिएकाे भन्दै यसकाे बदला क्रान्तिकाे दौरानमा चुक्ता हुने बताए । कार्यक्रममा जिल्ला सचिव मनिष,जनसरकार प्रमुख टीका लगायतले मन्तव्य राखेका थिएभने दमकका सचिव समरले कार्यक्रम सञ्चालन गरेका थिए।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *