Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति शिक्षा समाचार

अखिल (क्रान्तिकारी) बुटवल इलाका अध्यक्षमा नमखान निर्वाचित

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अनखवर
२१ असार।
अखिल (क्रान्तिकारी) बुटवलको प्रथम इलाका सम्मेलन प्रतिबन्धको बावजुत पनि एक कार्यक्रमको बिच बुटवलमा सम्पन्न भएको छ।सो कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी क्षेत्रीय समन्वय समिति संयोजक बिरेन्द्र बिक,बिशेष आतिथि केन्द्रीय सदस्य तथा रूपन्देही जिल्ला अध्यक्ष रमेश गैरे लगायत थिए।सो सम्मेलनले क. नमखानको अध्यक्षतामा २१ सदस्यीय बुटवल इलाका समिति निर्वाचित गरेको छ।कार्यक्रममा बोल्दै प्रमूख अतिथि लुम्बिनी व्युरो संयोजक बिरेन्द्र बिकले नव निर्वाचित टिमलाई वधाई दिदै शिक्षा क्षेत्रमा देखिएको बेथितिहरूको बिरुद्ध निरन्तर आन्दोलन, संघर्ष गर्नुपर्ने भन्दै सम्पूर्ण बिद्यार्थीहरूलाई गोलबद्ध गर्न आह्वान गरे।
सो कार्यक्रममा बोल्दै अखिल क्रान्तिकारी रुपन्देही अध्यक्ष रमेश गैरेले राज्यले गरेको दमनले बैज्ञानिक समाजवादी शिक्षा प्रणालीको निम्ति हाम्रो आन्दोलन नरोकिने बताए।
कार्यक्रममा बोल्दै नव निर्वाचित बुटवल इलाका अध्यक्ष नमखानले राज्यले गरेको दमनबाट कत्ति पनि विचलित नभै बिद्यार्थी हकहितको पक्षमा निरन्तर लड्ने प्रतिबद्धता व्यक्त गरे।


कार्यक्रम सम्मेलन आयोजक समिति संयोजक क. नमखानको अध्यक्षता र क. पदम को सञ्चालनमा सम्पन्न भएको हो।साथै स्वागत मन्तव्य क. भिष्मराजले राखेका थिए।कार्यक्रममा गौरव पौडेल लगायतले रचना वाचन समेत गरेका थिए।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *