Banner News खेलकुद गृहपृष्ठ प्रमुख समाचार समाचार

सन्धिखर्कमा प्रथम उप मेयर क्रिकेट कप खेल आजदेखि शुरु

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अनिल नेपाली
अर्घाखाँची २८ असार
सन्धिखर्क नगरपालिकाको आयोजना मा प्रथम उप मेयर क्रिकेट कप खेल आजदेखि सन्धिखकको टुडिखेलमा सुरू भएको छ । खेलाडीहरूलाइ प्रोत्साहित गर्ने उद्देश्य ले सन्धिखर्क नगरपालिका को बिनियोजित बजेट बाट खेल सम्पन्न हुन लागेको हो खेलको ब्यबस्थापनमा अर्घाखाँची क्रिकेट संघ ले जिम्मेवारी प्राप्त गरेको छ, ।

कार्यक्रम सन्धिखर्क नगरपालिका नगर प्रमुख कमल प्रसाद भुसालको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो कार्यक्रममा मन्तब्य राख्दै नगर प्रमुख कमल प्रसाद भुसालले सबै खेलको विकासको निम्ति सबैलाई समान रूपले सम्बोधन गरेको बताउदै खेल क्षेत्रकै विकासको लागि सनपा को १२ वटै वडा र सनपा १ बार्दिमा जिल्ला स्तरिय खेल मैदान निर्माण हुन लागेको बताउनु भएको थियो कार्यक्रममा शुभकामना मन्तब्य राख्नेमा सन्धिखर्क नगरपालिका वडा नं २ का अध्यक्ष मोतिजङ्ग रायमाझी ,नेपाल पत्रकार महासंघका हिम लेकाली ले कार्यक्रम सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो ।कार्यक्रमको बिषयबस्तु बारे अर्घाखाँची क्रिकेट संघका अध्यक्ष ऋषि भट्टराईले प्रकाश पार्नु भएको थियो ।सन्धिखर्क नगरपालिका ८ नं वडा अध्यक्ष इश्वरि प्रसाद भुसालको स्वागत र शाखा अधिकृत गोविन्द केसि को सन्चालनमा उद्घघाटन कार्यक्रम सम्पन्न भएको छ । खेलमा १२ वटै वडाका खेलाडी हरू सहभागी भएका छन् यो खेल ४ दिन सम्म सन्चालन प्रथम द्धितीय तृतीय हुने लाई नगद शिल्ड मेडल प्रमाणपत्रको व्यबस्था गरिएको आयोजकले जनाएको छ कार्यक्रम मा सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवाली ,१२ वटै वडा का अध्यक्षहरू कार्यपालिका सदस्यहरू ,वन डिभिजन प्रमुख शिव प्रसाद शर्मा ,विभिन्न संघ संस्था का प्रमुख तथा प्रतिनिधिहरू लगायतको आतिथ्यता रहेको थियो ।कार्यक्रम नगर उपप्रमुख ठाकुर कुमार विक किशोरको अध्यक्षतामा सम्पन्न भएको थियो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *