Banner News अर्थ गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

रुपन्देहीको लुम्बिनी सहित देशभर एनसेलमाथी आगजनी, धेरै टावरहरु पुर्ण ध्वस्त !

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अनखबर/ साउन१६
रुपन्देहीको लुम्बिनी सास्कृतिक नगरपालिका ११ स्थित धुपही भन्ने ठाउमा रहेको एनसेलको टावर पुर्ण रुपले ध्वस्त भएको छ । ईलाका प्रहरी लुम्बिनीका अनुसार राती २ बजेतिर आगो लागेको हो, जस्लाई नियन्त्रणमा लिन हम्मे परेको थियो ।आगो कस्ले र किन लगाएको हुन भन्ने कुरा खुल्न सकेको छैन, अनुसन्धान पश्चात् मात्र पत्ता लाग्ने प्रहरीले जनाएको छ । तेस्तै यता अर्घाखाँचिकाे पाणिनि गाउँपालिका वडा नम्बर ५ मैदानकाे अमजामा रहेकाे नेपाल टेलिकमकाे टावरमा अागजनि भएकाे छ।

गएराति उक्त टावरमा अागाेजनि भएकाे प्रहरीले जनाएको छ । अागाेलागीबाट टावरमा क्षति भएकाे प्रहरीकाे भनाइ रहेकाे छ । अागाे कस्ले र किन लगायाे भन्ने विषयमा अनुसन्धान भईरहेकाे प्रहरीले बताएकाे छ । अागाे लगाउने समुहकाे खाेजी भैरहेकाे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । यता पुर्वि नवलपरासीको  कावासाेति १० मगरकाेटमा रहेकाे एनसेलकाे टावर गय राति अज्ञात समुह द्धारा अागजनि गरेकाे छ । अागजनिबाट टावरमा राखियकाे जेनेरेटर जलेर पुर्ण रुपमा नष्ट भयकाे प्रहरिले जनायकाे छ । टावरमा लागेकाे स्थानिय र प्रहरिकाे पहलमा अागाे नियन्त्रणमा अाएकाे प्रहरीले जनायकाे छ । अागजनि गर्ने काे अनुसन्धान भई रहेकाे जिल्ला प्रहरी कार्यालय नवलपुरले जनायकाे छ । लुम्बिनीका कपिलवस्तु, पाल्पा, गुल्मी लगायतका जिल्लामा समेत एनसेलको टावर आगजनी भएको जानकारी स्थानीयले दिएका छ्न । लुम्बिनी मात्र नभैइ देशभर विभिन्न जिल्लामा यसरी आक्रमण गरिएको देखिएको छ । केही समय अगाडी पनि यसरी विप्लव नेतृत्वको नेकपाले देशभर एनसेल माथी आक्रमण गरेको थियो । कर नतिरेको भन्दै पटकपटक आलोचित हुने एक्जियटा कम्पनीको एनसेललाई मुद्दा  समेत चलिरहेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *