Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

पत्रकार गिरफ्तार प्रयास गरेको भन्दै जनपत्रकार संगठनद्वारा आक्रोश, प्रेस स्वतन्त्रताको रक्षा गर्न आग्रह

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अनखबर
साउन २४ / दाङ
जनपत्रकार संगठनका केन्द्रीय कोषाध्यक्ष पत्रकार जानकी चौधरीलाई प्रहरीले गिरफ्तार गर्ने प्रयास गरेको भन्दै जनपत्रकार संगठनले आक्रोश व्यक्त गरेको छ ।
संगठनका अध्यक्ष प्रकाश डुम्रे र महासचिव हिम बिष्टद्वारा हस्ताक्षरित बिज्ञप्तिमा फरक बिचार राख्न पाउने संबैधानिक हकलाई सरकारले कुल्चिएको भन्दै प्रेस स्वतन्त्रता माथी हस्तक्षेप नगर्न चेतावनी दिएको छ । संगठनले विचार, अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको आफ्नो आन्दोलनप्रती प्रसासनको हस्तक्षेपले आफुलाई गम्भीर बनाएको सअमेत बताएको छ ।
नेपाल पत्रकार महासंघ प्रदेश ५ स्तरिय कार्यशाला गोष्ठी कार्यक्रममा सहभागी हुन पत्रकार महासंघ दाङको कार्यलयमा पुगेकी पत्रकार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिने प्रयासमा हस्तक्षेप गरेको थियो ।पत्रकार चौधरीलाई नियन्त्रणमा लिने जिल्ला प्रहरी कार्यलय बाट खटिएका टोलीले नियन्त्रणमा लिन खोजेपछि कार्यक्रममा सहभागी पत्रकारहरुले प्रतिवाद गर्दै प्रहरीबाट खोसेर पत्रकार महासंघको कार्यलयमा राखेको बुझिएको छ । महासंघको प्रदेश स्तरिय गोष्ठीमा सहभागी हुने दाङ पुगेका पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेल,सचिव उदय जियम लगायत केन्द्रीय पदाधिकारी सहभागी कार्यक्रममा प्रहरीले हस्तक्षेप गर्नुले सञ्चारजगत प्रति सरकारी रबैयाको संकेत देखिएको छ ।

पत्रकार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिने प्रयास गरेपछि कार्यक्रम सहभागी सबै पत्रकारले प्रतिवाद गरेपछि प्रहरी पछि हटेको थियो । तत्काल पत्रकार चौधरीलाई नियन्त्रणमा लिन असफल भएको प्रहरीले अहिले पत्रकार महासंघको दाङको गेट बाहिर शिविल प्रहरी परिचालन गरि नियन्त्रणमा लिने कोसिस गरेको बुझिएको छ । दहित विप्लवनिकट पत्रकार संगठनकि केन्द्रिय कोषाध्यक्ष सगै दाङ सन्देश अनलाईन कि सम्पादक हुन ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *