Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

कस्ले जलायो कपिलवस्तुमा गाउँपालिका अध्यक्षको गाडी

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अनखबर/ साउन २६
कपिलवस्तु : कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिकाको गाडीमा अज्ञात समूहले आगजनी गरेका छन्।
गाउपालिका अध्यक्ष बजरंगी चौधरी चढ्ने गरेको लु १ झ ४०० नम्बरको सरकारी गाडीलाई अज्ञात समूहले गएराती आगजनी गरेका हुन्। शनिबार राति सदरमुकाम तौलिहवामा रहेको भाडाको निवास अगाडि पार्किङमा राखिएको गाडीमा राति १०.५० बजेतिर आगजनी भएको हो। आगजनी किन र कसले गरेको भन्ने आफुलाई कुनै जानकारी नभएको अध्यक्ष चौधरीले बताए। आगजनीका कारण गाडी जलेर पूर्ण रुपमा क्षति भएको छ।
राति नै कपिलवस्तु नगरपालिकाको दमकलले आगो निभाएको थियो। कस्ले र किन जलाएको बारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक दीप शमशेर जबराले बताए। थाहाबाट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *