Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

प्रदेश ५ मा सोमबार सार्वजनिक विदा

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बुटवल– प्रदेश ५ सरकारले मुस्लिम समुदायको प्रमुख चाड बकर इदका दिन सार्वजनिक विदा दिने भएको छ । बकर इद भोली सोमबार परेको छ । बकर इद विदासम्बन्धी निर्णय प्रदेश राजपत्रमा बैशाख १२ गते नै प्रकाशित छ ।
संघीय सरकारले तोके बाहेक प्रदेश पाँचमा बकर इदसहित माघी र माघे संक्रान्तिमा (दुई दिन) तथा प्रदेश स्थापना दिवसमा फागुन ३ गते पनि सार्वजनिक विदा दिने निर्णय छ ।
यसबाहेक स्थानीय तहको निर्णयबाट एक दिन र भूमे पूजा, बड्का अटवारी पर्व, रमजान लगायतमा निश्चित समुदायलाई मात्रै विदाको व्यवस्था गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *