Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

रवि लामिछाने सहितका ३ जना ५ दिन हिरासतमा राख्न अदालतको आदेश

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अनखबर
भरतपुर, ३१ साउन
पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमाथिको थुनछेक बहसले आरोपीलाई ५ दिनको म्याद थप गरेको छ । जिल्ला अदालत चितवनमा भएको थुनछेक बहसमा मृतक पुडासैनीको पक्षमा सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता युदानाथ शर्मा र प्रतिवादी रवि लामिछानेको तर्फबाट अधिवक्ता सुनिल पोखरेल, चुणामणी सापकोटा सहितका ३ वकिलले बहस गरेका थिए ।

सरकारी वकिलले १० दिनको म्याद थपको माग गरेका थिए । मृतक पुडासैनीले मृत्यु अगाडी तयार पारेको भिडियोमा आरोप लगाइएका पत्रकार रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की बिहीबारनै पक्राउ गरि चितवन ल्याइएको थियो । जिल्ला अदालत चितवनका न्यायाधिस विनोदकुमार गौतमको इजलासले ५ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।
नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका–३ का पुडासैनी साउन २० गते राति नारायणगढको पोखरा बसपार्कको होटल कंगारूको कोठामा झुण्डिएको अवस्थामा भेटिएका थिए । आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका ३ जनामाथि प्रहरिले ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्ने बाटो खुलेको छ । दुरुत्साहन गरेको ठहर भएमा पक्राउ परेकाहरु ५ वर्ष कैदमा र ५० हजार जरिवाना तिर्नुपर्ने हुन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *