Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

मेडिकल माफियालाई विप्लव पुत्र प्रकाशको यस्तो चेतावनी (आन्दोलनको कार्यक्रमसहित)

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अनखबर / भदौ ५
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव पुत्र प्रकाश चन्दले काठमाडौंमा पत्रकार सम्मेलन गरेर मेडिकल माफिया विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन ।

चिकित्सा शिक्षा संघर्ष समिति बनाएर चन्दले आन्दोलन गर्ने बताएका छन् । पछिल्लो समय मेडिकल क्षेत्रमा देखिएका तमाम समस्याका बारेमा आफूहरुले आन्दोलन गर्ने चन्दले पत्रकार सम्मेलनमा बताए ।

विप्लव पुत्रले पत्रकार सम्मेलन गर्ने जानकारी पाएपछि रिपोर्टर्स क्लबमा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको थियोे भने प्रहरीले पत्रकार सम्मेलन हुनुपुर्व कार्यक्रममा को को सहभागी हुने भन्दै केरकार गरेको थियो ।

सम्मेलनमा पार्टी सम्बद्घ पत्रकार संगठन जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष लगायत पदाधिकारीको सहभागीता रहेको थियोे ।

पत्रकार सम्मेलन पछि जारी गरेको प्रेस विज्ञप्ति यस्तो छ ।

”सम्पूर्ण प्रगतिशील विद्यार्थी र चिकित्सकहरु एक हौँ, चिकित्सा शिक्षाका दलाल, माफिया र भ्रष्टाचारीविरुद्ध संघर्ष गरौँ ।”

चिकित्सा शिक्षा संघर्ष अभियान ! नेपालको इतिहासमा ठूलाठूला संघर्ष र बलिदानका महत्त्वपूर्ण उपलब्धि स्वर्णिम अक्षरमा लेखिएका छ्न । विभिन्न स्वरुपहरु बदल्दै यो संघर्ष अहिले पनि जारी छ । अहिले नेपालको संविधानले शिक्षा र स्वास्थ्यको बिषयलाई नागरिकको मौलिक हकका रूपमा किटान गरिसकेको छ । विडम्बना, शिक्षा र स्वास्थ्य दुवै क्षेत्रलाई अहिले दलाल, माफिया र भ्रष्टहरुले निजीकरण गर्दै लुट मच्चाएर व्यापारको साधनका रूपमा प्रयोग गरिरहेका छन् । संविधानले ग्यारेन्टी गरेको आम नागरिकको मौलिक अधिकारीमाथि माफीया र दलालहरुले जुन किसिमको दास मानसिकताको व्यवहारमा गरिरहेका छन् त्यो निकै निन्दनीय छ । यस्तो निन्दनीय कार्यको सशक्त प्रतिरोध गर्दै संघर्षमा उत्रन आम नागरिक, विधार्थी र चिकित्सकलाई हार्दिक अपिल गरिन्छ । आजको दिनमा दलाल र माफियाहरुले स्वास्थ्य क्षेत्रमा आवद्ध डाक्टर, नर्स, ल्याब, प्राबिधिक सहयोगी, फार्मिसिस्टलगायत सबै साथीहरूलाई आधुनिक दासको झल्को आउने गरी खरिद बिक्री गर्दै आएको सबैलाई जानकारी भएकै विषय हो । त्यो मात्रै होइन, सरकारले स्वास्थ क्षेत्रमा निर्धारण गरेको श्रमको मुल्यसमेत आपत्तिजनक, हतोत्साहिजनक र निरासातर्फ धकेल्ने प्रकृतिको छ । यसको पुनर्विचार गरेर उचित मुल्यांकन गरिनु जरुरी भैसकेको छ । चिकित्सा अध्ययनलाई लुट र भ्रष्टको साधन बनाउँदै दलाल र माफीयाले अभिभावक र विद्यार्थीबाट २० औं लाख अनावश्यक रकम असुल्ने तर यहि क्षेत्रमा कार्यरत श्रमिकलाई निकै निम्नस्तरको श्रममुल्य दिने परिपाटी सह्य हुनसक्दैन । त्यसैले यस बिषयमा आम नागरिक, बुद्धिजीवी, विद्यार्थी, चिकित्सा क्षेत्रका विभिन्न सघंसस्था, अग्रज सरोकारमञ्च र सम्बन्धि निकायद्वारा सरकारको ध्यानाकर्षण गराउँदै यस बिषयमा गम्भीर बन्न र यस क्षेत्रको सुधारका निम्ति आ-आफ्नो ठाउँबाट आवाज उठाउन हार्दिक अपिल गरिन्छ ।’

मागहरू:

क) भर्नाको हकमा पुनरावलोकन तथा कार्यनयन गरिनुपर्ने विषय: – MBBS, BDS, BNS/B.S.C nursing, BMLT, BMIT, B-pharmacy, BPH को हकमा सरकारले तोकेको शुल्कको आधारसहित प्रष्ट पारियोस् ।

ख) उल्लेखित स्वास्थ्यकर्मीको उचित तलब ,सुरक्षा र अन्य सुविधाको व्यवस्ता गरियोस् । -Internship -Nurse -Mo -Residency -Consultant

ग ) पाठ्यक्रम परिमार्जन गरी प्रविधिमत्री, गुणस्तरीय र विद्यार्थीलाई पठनपाठनको वातावरण बनाउनुपर्ने

घ) मेडिकल कलेजलाई सरकारले सहुलियतता प्रदान गरि मेडिकल कलेजले आम नागरिक र विद्यार्थीलाई सोही अनुसार सुविधा प्रदान गरियोस् ।

संघर्षका कार्यक्रमहरु:

५ गते- पत्रकार सम्मेलन

६-८ गते- मागपत्र वितरण र अन्तरक्रिया

९ गते- अन्तरक्रिया “भद्रगोल स्वास्थ क्षेत्र र हाम्रो सरोकार ”

१०-१४गते- सबै मेडिकल कलेजमा सभा गर्ने र बिरोधस्वरुप कालो ब्यानर राख्ने

१५ गते- कालो पट्टी बाधेर काम गर्ने / पढ्ने

१६ गते- सबै मेडिकल कलेज प्रशासनसँग छलफल गर्ने

२५ गते- राजधानीमा विशाल स्वास्थकर्मी प्रदर्सन

प्रकाश चन्द,संयोजक चिकित्सा शिक्षा संघर्ष समिति

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *