Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

प्रवासी नेपालीको “तिज महाधमका” न्यु दिल्लिमा हुने

शिव डुम्रे / भदौ १२
भारतमा रहि नेपालीहरुको हक र हितको लागि विगत लामो समयदेखि कार्यरत रहेको लोकप्रिय संस्था प्रवासी नेपाली जनकल्याण समितीले तिज माहाधमका २०१९ को आयोजना गर्ने भएको छ ।
चर्चित गायक तथा सर्जकहरुलाई बोलाएर नियमित कार्यक्रम राख्दै आएको सो संस्थाले यसपटक चर्चित गायक सर्जक हुम गैरे, चर्चित गायिका सम्झना लामिछाने, गायक भुपराज लामिछाने लगायत अन्य कलाकारहरुलाई दिल्ली निम्त्याएको छ, कार्यक्रमको संचालनको लागि भने चर्चित मोडल तथा सन्चारकर्मी कृष्ण बाबू पाण्डेलाई निम्त्याईएको आयोजकले जनाएको छ । सेप्टेम्बर २ गते दिउँसो १२ देखि ७ बजेसम्म आयोजना गरिएको कार्यक्रम मोडल टाउन सेकेन्ड स्टोरवाला पार्क,रामलिला ग्राउन्डमा गरिने बताईएको छ । कार्यक्रमको पुर्ण तयारी गरिएको र  कार्यक्रम भव्य रहने आयोजकले जनाएका छन ।
विगत लामो समयदेखी नेपालिहरुविच सुखदुःख साटासाट गर्दै तिज, दशै जस्ता हिन्दु नेपालिहरुको महत्वपूर्ण पर्वमा यस्तै कार्यक्रमहरु गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *