Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

प्रवासी नेपालीको “तिज महोत्सव”को तयारी पूरा, कलाकार दिल्लिमा

शिव डुम्रे / भदौ १५
भारतमा रहि नेपालीहरुको हक र हितको लागि विगत लामो समयदेखि कार्यरत रहेको लोकप्रिय संस्था प्रवासी नेपाली जनकल्याण समितीले आयोजना गरेको तिज महोत्सव-२०७६ को तयारी पुर्ण भएको छ ।
तिज महोत्सवमा आफ्नो प्रस्तुति देखाउनको लागि नेपालबाट कलाकारहरु नयाँदिल्ली आईपुगेका छन । चर्चित गायक तथा सर्जकहरुलाई बोलाएर नियमित कार्यक्रम राख्दै आएको सो संस्थाले यसपटक चर्चित गायक सर्जक हुम गैरे, मोडल तथा संचारकर्मी चर्चित गायिका सम्झना लामिछाने, गायक भुपराज न्यौपाने सहित झन्डै १ दर्जन राष्ट्रिय तथा स्थानीय कलाकार कार्यक्रमको तयारीसहित दिल्लि आईपुगेको संस्थाका महासचिव जीवन शर्माले बताउनुभयो । भोलि सेप्टेम्बर २ गते दिउँसो १२ देखि ७ बजेसम्म आयोजना गरिएको कार्यक्रम मोडल टाउन सेकेन्ड स्टोरवाला पार्क,रामलिला ग्राउन्डमा गरिने अध्यक्ष कुमार अधिकारीले बताउनुभयो । कार्यक्रमको पुर्ण तयारी गरिएको र  कार्यक्रम भव्य रहने आशा आफुहरुले लिएको कार्यक्रम संयोजक फर्श थापाले बताउनुभयो ।

विगत २००६ सालमा स्थापना गरिएको सो संस्था सामाजिक संस्थाको रुपमा जेष्ठ संस्था मानिन्छ, नेपालि दाजुभाइहरुलाई दु:ख सुखमा साथ दिने यस सस्थाले हरेक पर्वहरुमा कार्यक्रम समेत गर्दै आएको सस्थाका उपाध्यक्ष फडेन्द्र अधिकारीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *