Banner News गृहपृष्ठ प्रमुख समाचार प्रवास मनोरन्जन समाचार

प्रवासी नेपालीको “तिज महोत्सव” सम्पन्न, ईतिहासमै धेरै दर्शकले गरे अबलोकन

शिव डुम्रे / भदौ १७
भारतमा रहि नेपालीहरुको हक र हितको लागि विगत लामो समयदेखि कार्यरत रहेको लोकप्रिय संस्था प्रवासी नेपाली जनकल्याण समितीले आयोजना गरेको तिज महोत्सव-२०७६ सम्प्नन्न भएको छ । हिजो मोडल टाउन सेकेन्ड स्टोरवाला पार्क, रामलिला ग्राउन्डमा झन्डै ५ हजार दर्शकका बिछ कार्यक्रम सम्पन्न भएको अध्यक्ष कुमार अधिकारीले बताए । यो दर्शकको संख्या आजसम्मकै धेरै हो, अधिकारिले भने यस्ले हामिलाई अझ हौसला थपेको छ ।

चर्चित गायिका सम्झना लामिछाने, गायक भुपराज न्यौपाने, हुम गैरे लगायत १ दर्जनभन्दा बढी कलाकारहरुले आफ्नो प्रस्तुति देखाएका थिए भने, राष्ट्रियता झल्कने नेपाली गितहरुमा नाचगान समेत भएको थियो ।



दिउँसो १२ बजेबाट सुरु भएको कार्यक्रम ७ बजेसम्म चलेको थियो, दिल्ली वरिपरि बाट हजारौंको संख्यामा नेपाली तथा भारतीय नागरिकहरुको समेत कार्यक्रममा सहभागीता रहेको महासचिव जीवन शर्माले बताए । कार्यक्रमले हौसला बढाएको छ, कलाकारको प्रस्तुती र जनतको उपस्थितिले हामिलाई निकै हौसला थपेको छ, कार्यक्रम संयोजक फर्ष थापाले बताउनुभयो । कार्यक्रमको संचालन कलाकार, मोडल तथा संचारकर्मी कृष्णबाबु पाण्डेले गरेका थिए ।

कार्यक्रममा दिल्ली बिधान सभाका सदस्यहरु, समाजसेवी तथा उधोगी ब्यवसायिहरु समेत सहभागी थिए । कार्यक्रमलाई विभिन्न ढङ्गले सहयोग गर्ने सौजन्यकर्ताहरुलाई बिशेष सम्मान गरिएको थियो ।

तिज महोत्सवमा आफ्नो प्रस्तुति देखाउनको लागि नेपालबाट 
विगत २००६ सालमा स्थापना गरिएको सो संस्था सामाजिक संस्थाको रुपमा जेष्ठ संस्था मानिन्छ, नेपालि दाजुभाइहरुलाई दु:ख सुखमा साथ दिने यस सस्थाले हरेक पर्वहरुमा कार्यक्रम समेत गर्दै आएको सस्थाका उपाध्यक्ष फडेन्द्र अधिकारीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *