Banner News गृहपृष्ठ प्रमुख समाचार समाचार

नवलपरासिको दाउन्नेमा यात्रुबाहक बसमा आगजनी

अनखबर / भदौ २५
पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्तरगत पहाडी क्षेत्र मानिने नवलपरासीको दाउन्नेमा यात्रु बाहक बसमा आगजनी भएको छ ।  गत राती महेन्द्रनगरबाट काठमाडौको लागि छुटेको ना ६ ख ८४५६ नम्बरको यात्रुवहाक बसमा अज्ञात समुहले आगजनी गरेको हो । आगलागि किन र कस्ले गरेको भन्ने अनुसन्धान भैरहेको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ । बर्दघाट नगलपालिका ४ मा पर्ने खुर्सानीखोलामा गाडिमा आगलागी भएको जानकारी आएपछि बिहान ५ बजे प्रहरीले दमकल लगेर आगो नियन्त्रणमा लिएको थियो ।
“सोही ठाउँमा बस बिग्रेको र सवारिलाई अर्को गाडीमा हालेर काठमाडौ पठाईएपछी बिहानपख आगलागी भएको बुझिएको छ, चालक र सहचालक पनि फरार रहेकोले उनिहरुलाई झिकाईदै छ, त्यसपछि अनुसन्धान बाट मात्रै घटनाबारे तथ्य फेला पर्छ” नवलपरासीका ट्राफिक प्रहरी प्रमुख एसपी लालमनी आचार्यले टेलिफोन मार्फत बताए ।
आगजनीबाट कुनै मानवीय क्षति भएको छैन, आगजनी कसले किन ग¥यो भन्ने खुल्न नसकेको र घटनामा सम्लग्नहरुको खोजी कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *