Banner News गृहपृष्ठ प्रमुख समाचार समाचार

सिद्दबाबामा पहिरो झर्दा २ गाडी पुरियो, १ को मृत्यु ४ घाईते

शिव डुम्रे / भदौ २७
बुटवल । सिद्धार्थ राजामार्ग अन्तर्गत बुटवल पाल्पा सडक खण्डको दोभानमा विहान पहिरो झर्दा दुई सवारी साधन पुरिएका छन् । पहिरोमा लु १ ज २६१७ को एक जीप र लु २ च ५९३८ नम्बरको स्कर्पियो पुरिएको हो। सवारी साधन माथी पहिरो जाँदा जीप चालक रुपन्देही मक्रहर २ बस्ने २६ बर्षिय कमल परियारको मृत्यु भएको हो भने अन्य ४ जना घाइते भएको दोभान प्रहरीले जनाएको छ । घाईतेहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार हुदैछ, घाईतेमध्ये २ जना गम्भीर रहेको प्रहरीले जनाएको छ । जोखिमपुर्ण सडक मानिने सिद्दबाबा क्षेत्रमा पहिरोको कारण धेरैले ज्यान गुमाउनु परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *