Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

यस्तो छ पत्रकारको नया आचारसंहिता, हेर्नुस पत्रकारले के गर्ने के नगर्ने ?

अनखबर
काठमाण्डौं । पत्रकार आचारसंहिता, २०७३ ( पहिलो संशोधन–२०७६) आजदेखि जारी भएको छ । आज प्रेस काउन्सिल नेपालमा भएको एक कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य र प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले संयुक्तरुपमा हस्ताक्षर गरी पत्रकार आचारसंहिता, २०७३ ( पहिलो संशोधन–२०७६) जारी भएको घोषणा गरेका हुन् । सञ्चार क्षेत्रको नयाँ परिवेश अनुरुप आचारसंहितालाई समसामयिक बनाई समग्र मिडिया क्षेत्रलाई मर्यादित, जवाफदेही र जिम्मेवार बनाउने उद्धेश्यअनुरुप सरोकारवाला संघ, संगठन पत्रकारहरुसंग चरण चरणको छलफल, अन्तक्र्रिया र प्राप्त रायसुझावलाई समावेश गरी संशोधित आचारसंहिता जारी गरिएको बताइएको छ ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले हाल संशोधन गरेर जारी भएको आचारसंहिता पत्रकार तथा सञ्चार माध्यमहरुले पालना गरे आगामी दिनमा बन्ने प्रेस सम्बन्धी कानून नरम बन्नसक्ने तर्क राखे । उनले यो आचारसंहिताले पत्रकारको स्वनियमन तथा हाल अभ्यासमा रहेका सञ्चारका सबै माध्यमलाई समेटिएको हुदाँ त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने बताए । साथै उनले पत्रकार महासंघको सहमतिमा बनेको यो आचारसंहिता कार्यान्वयनकालागि सबै पक्ष प्रतिबद्ध हुनुपर्ने बताए । सो अवसरमा प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष श्रेष्ठले पछिल्लो समयमा प्रविधिमा भएको तिब्रत्तर विकासका कारण आचारसंहिता परिमार्जन गर्नुपरेको बताए । उनले पत्रकारहरुकै कमीकमजोरीको कारण धेरै प्रकारका कानुन बनेको बताउदै सबै सञ्चारकर्मी मर्यादित बन्न जरुरी रहेको उल्लेख गरे ।

त्यसैगरी काउन्सिलका सदस्य गोपाल बुढाथाकीले विभिन्न चरणमा छलफल पश्चात सहमतीमा पुगेर तयार पारिएको आचारसंहिता सञ्चारकर्मीलाई मर्यादित बन्ने कोशेढुंगा सावित हुने बताए त्यसैगरी पत्रकार महासंघका सचिव एवम् आचारसंहिता अनुगमन समितिका संयोजक प्रकाश थापाले सञ्चार माध्यमहरुको विकाससंगै आएको परिवर्तनलाई समेत समेटेर आचारसंहिता संशोधन भएको र पत्रकार तथा सञ्चारमाध्यमले नागरिकको आधारभूत अधिकार, विचार तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र संवद्र्धनका निम्ति सधै सत्य तथ्य सूचना प्रवाह गर्न आचारसंहिता कार्यान्वयन गराउनु पर्नेमा जोड दिए ।

पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन -२०७६)
प्रस्तावना :
विचार र अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, प्रेस स्वतन्त्रतालगायत नागरिकका आधारभूत अधिकारको संरक्षण, संवद्र्धन र प्रचलनका लागि पत्रकारिताका सिद्धान्त, अन्तर्राष्ट्रिय मूल्य–मान्यताका आधारमा पत्रकारिताको व्यावसायिक अभ्यासलाई उच्च पेशागत, मर्यादित, जवाफदेही एवं उत्तरदायी बनाई राष्ट्र र समाजको सर्वोत्तम हितका लागि सबै सञ्चारमाध्यम र पत्रकारलाई लागू हुने गरी प्रेस काउन्सिल ऐन, २०४८ को दफा ७ को खण्ड (ख) ले दिएको अधिकार प्रयोग गरी नेपाल पत्रकार महासंघको सहमतिमा प्रेस काउन्सिल नेपालले यो आचारसंहिता २०७३ जारी गरेको छ ।

प्रारम्भिक

१. नाम, प्रारम्भ र विस्तार : (१) यस आचारसंहिताको नाम पत्रकार आचारसंहिता, २०७३ रहेको छ ।

(२) यो आचारसंहिता तुरुन्त लागू हुनेछ ।
(३) यो आचारसंहिता सबै प्रकारका सञ्चारमाध्यम र पत्रकारलाई लागू हुनेछ ।
२. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस आचारसंहितामा,
(१) “अनलाइन सञ्चार माध्यम” भन्नाले प्रचलित कानूनबमोजिम स्थापना भई पत्रकारिता र सम्पादकीय सिद्धान्त अङ्गिकार गर्दै इन्टरनेटको माध्यमबाट संकेत, चिन्ह, अक्षर, आवाज, ग्राफिक्स, भिडियो, एनिमेशन तथा विभिन्न बहुमाध्यम (मल्टिमिडिया) को प्रयोगमार्फत समाचारमूलक वा विषयगत विचार, सूचना तथा समाचार, तस्बिर, श्रव्यदृश्यको रुपमा उत्पादन, प्रकाशन, प्रसारण वा वितरण गर्नेे विधि, प्रक्रिया र माध्यम सम्झनु पर्छ ।
(२) ‘अनुगमन उपसमिति’ भन्नाले पत्रकार आचारसंहिता अनुगमन उपसमिति सम्झनुपर्दछ ।
(३) ‘ऐन’ भन्नाले प्रेस काउन्सिल ऐन, २०४८ सम्झनुपर्छ ।
(४) ‘काउन्सिल’ भन्नाले प्रेस काउन्सिल नेपाल सम्झनुपर्छ ।
(५) ‘तोकिए बमोजिम’ भन्नाले काउन्सिलबाट तोकिएको वा तोकिए बमोजिमको निर्देशिका, कार्यविधि समेत सम्झनुपर्छ ।
(६) “पत्रकार” भन्नाले सञ्चार प्रतिष्ठानमा व्यवस्थापकीय तथा प्रशासकीय अधिकार प्राप्त गरेको व्यक्ति बाहेक सञ्चार सम्बन्धी व्यावसाय वा सेवालाई प्रमुख व्यावसाय अपनाई पारिश्रमिक लिई सञ्चार प्रतिष्ठानमा पूर्ण वा आंशिक समय काम गर्ने व्यक्ति सम्झनु पर्छ र सो शब्दले सञ्चार प्रतिष्ठानमा समाचार सामग्री सङ्कलन, उत्पादन, सम्पादन वा सम्प्रेषण गर्ने प्रधान सम्पादक, सम्पादक, संवाददाता, स्ट्रिञ्जर, समाचार वाचक, कार्यक्रम निर्देशक, अनुवादक, साजसज्जा, प्राविधिक, स्तम्भ लेखक, फोटो पत्रकार, प्रेस क्यामेरापर्सन, व्यङ्ग्य चित्रकार, कार्यक्रम निर्माता वा सञ्चालक, दृश्य वा भाषा सम्पादक जस्ता समाचार तथा समाचारमूलक कार्यक्रमसँग सम्बन्धित व्यक्ति समेतलाई सम्झनु पर्दछ ।
(७) “छापासञ्चारमाध्यम“ भन्नाले समाचार तथा विचार प्रकाशन गर्ने पत्रपत्रिकालाई सम्झनु पर्छ ।
(८) “प्रसारण” भन्नाले, इन्क्रीप्ट (भलअचथउत) गरिएको वा नगरिएको, सर्वसाधारण वा निश्चित क्षेत्र वा वर्गका जनताले जानकारी पाउन सक्ने गरी पठाइने श्रव्य वा दृष्य, श्रव्यदृष्य, कार्यक्रम, डाटा वा सूचनालाई रेडियो फ्रिक्वेन्सी, इण्टरनेट प्रोटोकल वा अन्य विद्युतीय वा विद्युत प्रकाशीय (यउतष्अब)िे माध्यमबाट गरिने प्रसारण सम्झनु पर्छ ।
(९) ‘बैठक’ भन्नाले आचारसंहिता अनुगमन उपसमिति (छापा र विद्यूतीय) का बैठक सम्झनुपर्छ र सो शब्दले अनुगमन उपसमितिद्वारा गठन हुने कार्यदलको बैठक समेतलाई जनाउँछ ।
(१०) ‘व्यवस्थापक’ भन्नाले कुनै सञ्चार प्रतिष्ठानको कार्यसञ्चालनमा अन्तिम निर्णय गर्ने अधिकारप्राप्त व्यक्ति सम्झनुपर्छ ।
(११) ‘सञ्चारमाध्यम’ भन्नाले नेपालमा सञ्चालित छापामाध्यम, रेडियो, टेलिभिजन, अनलाइन सञ्चारमाध्यम र समाचार एजेन्सीलाई सम्झनुपर्छ ।
(१२) ‘सदस्य’ भन्नाले प्रेस काउन्सिल नेपालका सदस्य सम्झनु पर्दछ । सो शब्दले पत्रकार आचार संहिता अनुगमन उपसमितिका सदस्यसमेतलाई बुझाउनेछ ।
(१३) “सम्पादक” भन्नाले आमसञ्चार सञ्चालन संस्थाको समाचार वा समाचारमूलक कार्यक्रमको उत्पादन तथा प्रकाशन वा प्रसारण अधिकार र उत्तरदायित्व बहन गर्ने सम्पादक, प्रधान सम्पादक वा समाचार प्रमुख सम्झनु पर्छ ।
(१४) “समाचार समिति” भन्नाले व्यापारिक वा सेवाको उद्देश्यसहित समाचार संकलन, उत्पादन, प्रशोधन, प्रसारण प्रयोजनका साथ संगठित समाचार वितरक संस्था सम्झनु पर्छ ।
(१५) ‘संयोजक’ भन्नाले आचारसंहिता अनुगमन उपसमितिको संयोजक सम्झनुपर्दछ ।

३. व्याख्या गर्ने अधिकार : यस आचारसंहिताको व्याख्या गर्ने अन्तिम अधिकार काउन्सिलमा रहनेछ ।

पत्रकार र सञ्चारमाध्यमको कर्तव्य

४. पत्रकार र सञ्चारमाध्यमले देहाय अनुसार कर्तव्य पालना गर्नुपर्दछ ः
(१) प्रेस स्वतन्त्रताको संरक्षण र संवद्र्धन : पत्रकार तथा सञ्चारमाध्यमले नागरिकको आधारभूत अधिकार, विचार तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र संवद्र्धनका निम्ति सदैव सत्य–तथ्य सूचना प्रवाह गर्नुपर्दछ ।
(२) मानव अधिकार, अन्तर्राष्ट्रिय सम्बन्ध र सुसूचित हुने हकको सम्मान : (१) पत्रकार तथा सञ्चारमाध्यमले मानव अधिकारको विश्वव्यापी घोषणापत्र तथा मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय संयन्त्र र लिखतहरूले प्रत्याभूत गरेका अधिकार, सिद्धान्त र मान्यताहरूको सम्मान गर्दै लोकतन्त्र, न्याय, समानता, स्वतन्त्रता, समावेशिता, मानवीयता, शान्ति तथा अन्तर्राष्ट्रिय समझदारी र मित्रराष्ट्रहरूबीच भाइचाराको संरक्षण तथा संवद्र्धन गर्नुपर्दछ ।
(२) पत्रकार तथा सञ्चारमाध्यमले नागरिकको सुसूचित हुन पाउने अधिकारको रक्षा र प्रचलनका लागि सदैव सक्रिय एवं समर्पित रहनुपर्दछ ।
(३) पेशागत मर्यादा तथा व्यवहार : (१) पत्रकार तथा सञ्चारमाध्यमले स्वच्छ, मर्यादित र विश्वसनीय पत्रकारिता गर्नुपर्दछ ।
(२) पत्रकार तथा सञ्चारमाध्यमले सूचना वा जानकारीको संकलन र संप्रेषण सभ्य र शिष्ट रूपमा गर्नुपर्दछ ।
(३) पत्रकार तथा सञ्चारमाध्यमले पेशागत अभ्यासमा सामाजिक शिष्टता र पाठक, श्रोता वा दर्शकको मर्यादाको सम्मान गरी शिष्ट एवं मर्यादित भाषा र कार्यशैलीको प्रयोग गर्नुपर्दछ ।
(४) सामाजिक दायित्व : पत्रकार तथा सञ्चारमाध्यमले बालबालिका, महिला, ज्येष्ठ नागरिक, अशक्त, असहाय, अपाङ्गता भएका व्यक्ति तथा पछाडि पारिएका उत्पीडित वर्ग, समुदाय, क्षेत्र, भाषाभाषी र अल्पसंख्यक, लोपोन्मुख समुदायको उत्थान र विकासमा विशेष सहयोग पु¥याउने गरी सूचना सम्प्रेषण गर्नुपर्दछ ।
(५) सम्पादकीय स्वतन्त्रताको सम्मान : (१) समाचार संकलन, सम्पादन वा उत्पादन, प्रस्तुति तथा सम्प्रेषण सम्बन्धी अन्तिम जिम्मेवारी र अधिकार सम्पादकमा निहित हुनेछ । सम्पादकीय स्वतन्त्रताको यही सर्वमान्य सिद्धान्त बमोजिम सञ्चारमाध्यम र पत्रकारले कुनै प्रकारको दवाब र प्रभावबाट मुक्त रही स्वतन्त्रतापूर्वक सूचना संकलन र समाचार, विचार तथा टिप्पणीको प्रकाशन–प्रसारण गर्नुपर्दछ ।
(२) सम्पादकीय स्वतन्त्रताको सिद्धान्तलाई आत्मसात् गरी सञ्चारमाध्यमका सञ्चालक र व्यवस्थापकले समाचार संकलन, सम्पादन, प्रस्तुति र सम्प्रेषणमा कुनै प्रकारको हस्तक्षेप वा प्रभाव नपारी सम्पादकीय स्वतन्त्रताको उच्च सम्मान, संरक्षण र संवद्र्धन गर्नुपर्दछ ।
(६) सत्य–तथ्य र सन्तुलित सूचना सम्प्रेषण : (१) पत्रकार तथा सञ्चारमाध्यमले सत्य–तथ्य र सन्तुलित समाचार सामग्री सम्प्रेषण गर्नुपर्दछ । यसरी सम्प्रेषण गर्दा सम्बन्धित पक्षको भनाइलाई उचित स्थान दिनु पर्दछ ।
(२) पत्रकार तथा सञ्चारमाध्यमले सामाजिक संजालमार्फत् प्रवाह गर्ने समाचार, विचार र सूचना वा जान

Leave a Reply

Your email address will not be published. Required fields are marked *