Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

कार र ट्रक दुर्घटना हुँदा ५ जनाको ज्यान गयो

अनखबर
कावासोती, असोज ७
पुर्वी नवलपरासीको कावासोतीमा ट्रक र कार एक आपसमा ठोक्किदाँ पाचँ जनाको मृत्यु भएको छ ।
गएराति १०.१५ बजे खरकट्टा जंगल स्थित पुर्व—पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको लु १ ख ८५३२ नं.को ट्रक र विपरित दिशाबाट आउदै गरेको बा २१ च ६४०९ नं.को कार एक आपसमा ठक्कर जाँदा कारमा सवार पाचैँ जनाको उपचारको क्रममा भरतपुर सरकारी अस्पतालमा बिहान १.१५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पुर्वले जनाएको छ ।
मृत्यु हुनेमा सबै पुरुष रहेका छन् । प्रहरीका अनुसार नवलपरासीको देवचुली नगरपालिका १ केउरानीका ३५ बर्षीय दिपक भन्ने पूर्णबहादुर विक, देवचुली ५ का दिलबहादुर ढेंगा मगर र कैलाली जिल्लाका सुरज राना मगरको सनाखत भएको छ । बाँकी २ जनाको अझै सनाखत हुन सकेको छैन । नाम , ठेगाना खुल्न बाकीँ रहेको छ । ट्रक र कार प्रहरीको नियन्त्रणमा रहेको छ । मृतकको सनाखत गर्ने काम भैरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *