Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

विप्लवनिकट अखिल (क्रान्तिकारि) का ३ विद्यार्थी नेता नवलपरासीबाट गिरफ्तार

परासी, १० असोज ः नेत्र विक्रम चन्द विप्लव समूह समर्थक अखिल क्रान्तिकारी विद्यार्थी संगठनकी पश्चिम नवलपरासी जिल्ला अध्यक्ष शारदा भण्डारीसहित ३ जना विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने अन्य विद्यार्थीमा पुर्व विद्यार्थी नेता रुकुम पश्चिम सानीभेटी गाउँपालिका– ९ का नैनसिंह खड्का र कैलाली लम्कीचुवा नगरपालिका–१ का अखिल (क्रान्तिकारि)का केन्द्रिय सदस्य तथा ब्युरो संयोजक विरेन्द्र वि.क. रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रवक्ता नायब उपरीक्षक बिरेन्द्र थापाले जानकारी दिए । विद्यार्थीहरुको सम्मेलनमा भाग लिन सुनवलको रमवापुरमा पुगेका उनीहरु तीनै जनालाई सम्मेलन स्थल नजिकबाट शुक्रबार दिउँसो पक्राउ गरिएको हो । कपिलवस्तु शिवराज नगरपालिका–१ चनौटा घर भएकी जिल्ला अध्यक्ष भण्डारीलाई संगठनले केही महिना अघि जिल्ला अध्यक्षको जिम्मेवारी दिएपछि उनी सुनवलको किर्तिपुरमा बस्दै आएकी थिईन । भण्डारी यसअघि बासाबसहीबाट पक्राउ परेकी थिईन् । ७२ दिन थुनामा बसेकी भण्डारी १० दिन पहिले सर्वोच्च अदालतको आदेशमा रिहा भएकी थिईन । जिल्ला प्रहरी कार्यालय पु¥याइएका तीनै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *