Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

विप्लवनिकट संस्कृतिकर्मी खेम थपलिया पक्राउ

अनखबर काठमाडौँ -नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपा निकट सांस्कृतिक महासंघका महासचिव खेम थपलिया पक्राउ परेका छन् । शनिवार बागबजारस्थित पद्मकन्या क्याम्पस नजिकै आफ्नो कोठाबाट अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव थपलियालाई सशस्त्र इन्टेलिजेन्स ब्यूरोले दिएको सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

पत्रकार गिरफ्तार प्रयास गरेको भन्दै जनपत्रकार संगठनद्वारा आक्रोश, प्रेस स्वतन्त्रताको रक्षा गर्न आग्रह

अनखबर साउन २४ / दाङ जनपत्रकार संगठनका केन्द्रीय कोषाध्यक्ष पत्रकार जानकी चौधरीलाई प्रहरीले गिरफ्तार गर्ने प्रयास गरेको भन्दै जनपत्रकार संगठनले आक्रोश व्यक्त गरेको छ । संगठनका अध्यक्ष प्रकाश डुम्रे र महासचिव हिम बिष्टद्वारा हस्ताक्षरित बिज्ञप्तिमा फरक बिचार राख्न पाउने संबैधानिक हकलाई सरकारले कुल्चिएको भन्दै प्रेस स्वतन्त्रता माथी हस्तक्षेप नगर्न चेतावनी दिएको छ । संगठनले विचार, […]

Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

अनुसन्धानलाई प्रभाव पार्नेगरि समाचार नलेख्नु : चितवन प्रहरी

अनखबर / साउन २२ पत्रकार सालिकराम पुडासैनीको मृत्युलाई लिएर अनुसन्धान प्रभावित पार्ने गरि भ्रामक समाचारहरु नलेख्न प्रहरीले आग्रह गरेको छ । चितवन जिल्ला प्रहरीले एक प्रेस विग्यप्ती जारी गर्दै प्रहरी अनुसन्धानमा रहेको र अनुसन्धानमा प्रभावित पार्ने गरि समाचार आएकोप्रती गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विग्यप्तिमा भनिएको छ,”सो घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय चितवनबाट अनुसन्धान […]

Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

स्याङ्गजामा बादँर नियन्त्रणको प्रयास : गल्याङ् असफल, वालिङ परिक्षणमा

अनखबर २० साउन, स्याङ्गजा । सबैजसो स्थानीय तहको टाउको दुखाइ बनेको छ, बाँदर आतंक । स्थानीय तहले बजेट बिनियोजन गर्दै बाँदर नियन्त्रणको उपाय रचिरहेका छन् । बाँदरले दुःख दिन थालेपछि स्याङ्जाको गल्याङ नगरपालिकाले अचम्मको नीति लियो– बाँदर समाएर घरघर पाल्ने । नगर प्रमुख भुपराज अधिकारीको उपाय थियो– नगरमा ४२ हजार जनसंख्या छ । १० हजार […]

Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

मानवअधिकारकर्मी भन्छन् : कुमारको हत्या नियोजित (प्रतिबेदनसहित)

अनखबर /साउन १९ काठमाडौँ । सर्लाहीमा मारिएका प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीसँगको दोहोरो भिडन्तमा मृत्यु भएको आधार नपाएको निष्कर्ष मानवअधिकारकर्मीले निकालेका छन् । एड्भोकेसी फोरम नेपाल र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले घटनापछि तीन दिन स्थलगत अध्ययन गरेर सो निष्कर्ष निकालेको हो । गत असार ५ गते […]

Banner News अर्थ गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

कस्ले लगायो एनसेलका ३५ टावरमा आगो ? हेर्नुस देशभरको विबरण

अनखबर/ साउन १७ काठमाडौं : नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एनसेलविरुद्ध आक्रामक भएको छ। नेकपाका कार्यकर्ताले देशभरका विभिन्न २१ जिल्लामा एनसेलको टावरमा आक्रमण गरेका छन्। आफ्नो दलका गतिविधिमाथि सरकारले प्रतिबन्ध लगाउनुको एउटा कारण एनसेल पनि भएकाले कारबाहीस्वरूप टावरमाथि आक्रमण गरेको विप्वल समूहका नेताले बताएका छन्। टावरमा बुधबार राति र बिहीबार बिहान भएको आक्रमणपछि कतिपय […]

Banner News अर्थ गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

रुपन्देहीको लुम्बिनी सहित देशभर एनसेलमाथी आगजनी, धेरै टावरहरु पुर्ण ध्वस्त !

अनखबर/ साउन१६ रुपन्देहीको लुम्बिनी सास्कृतिक नगरपालिका ११ स्थित धुपही भन्ने ठाउमा रहेको एनसेलको टावर पुर्ण रुपले ध्वस्त भएको छ । ईलाका प्रहरी लुम्बिनीका अनुसार राती २ बजेतिर आगो लागेको हो, जस्लाई नियन्त्रणमा लिन हम्मे परेको थियो ।आगो कस्ले र किन लगाएको हुन भन्ने कुरा खुल्न सकेको छैन, अनुसन्धान पश्चात् मात्र पत्ता लाग्ने प्रहरीले जनाएको छ […]

Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

देशभर एनसेलमा माथी आगजनी, नवलपुरमा टावर पुर्ण ध्वस्त

अनखबर/ साउन१६ पुर्वि नवलपरासीको कावासाेति १० मगरकाेटमा रहेकाे एनसेलकाे टावर गय राति अज्ञात समुह द्धारा अागजनि गरेकाे छ । अागजनिबाट टावरमा राखियकाे जेनेरेटर जलेर पुर्ण रुपमा नष्ट भयकाे प्रहरिले जनायकाे छ । टावरमा लागेकाे स्थानिय र प्रहरिकाे पहलमा अागाे नियन्त्रणमा अाएकाे प्रहरीले जनायकाे छ । अागजनि गर्ने काे अनुसन्धान भई रहेकाे जिल्ला प्रहरी कार्यालय नवलपुरले […]

Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

नवलपुरमा सरकारी गाडीमा आगजनी

अनखबर/साउन १० पूर्वी नवलपरासीको कावासोतीमा गएराति एउटा सरकारी गाडीमा आगजनी भएको छ । गाडीमा आगाले लाग्नुको कारणमाथि प्रहरीले अनुसन्धान गरिरहेको भए पनि आगो विप्लव समुहका कार्यकर्ताहरुले लगाइदिएको हुन सक्ने आशंका गरिएको छ । नवलपुर जिल्ला अदालतका श्रेष्तेदार सारदा दत्त बडु चढ्ने बा २ झ ३५०२ नम्बरको गोडीमा आगजनी भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका […]

Banner News गृहपृष्ठ प्रमुख समाचार राजनीति समाचार

नेकपाका केन्द्रिय सदस्य बसन्त श्रेष्ठ जेल चलान

अनखबर/ साउन ८ बुटवल विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी ताम्सालिङ इन्चार्ज वसन्त श्रेष्ठ ‘प्रज्वलन’ लाई आज रुपन्देही जिल्ला कारागार चलान गरिएको छ । विस्फोटक पर्दाथसम्बन्धी मुद्दामा संलग्नता रहेको आरोपमा गत सोमबार काठमाडौ देखि रुपन्देही ल्याईएका उनलाई आज बुधबार अदालतले चार हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।सरकार बादी रहेको मुद्दामा […]